‘सरकारले काम गर्न सकेन, आउँदो निर्वाचनबाट कांग्रेस अगाडी हुन्छ’

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन् ।

कांग्रेस मोरङद्वारा आज आयोजित विरोधसभामा उनले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाए ।

अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुव्र्यवहार गरिएको भनी आपत्ति जनाए ।

उनले आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गरे ।

सो विरोधसभा हुनुभन्दा पहिले स्थानीय शहीद रङ्गशालाबाट निस्किएको -यालीले बजारका विभिन्न भागको परिक्रमा गरी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधानको रक्षा गरौँ’ नारा लगाएका थिए ।

कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

दमौली– कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताउनुभएको छ । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे।

“गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने। वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा रिजालको आरोप थियो ।

संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित : सोमबार, मङि्सर २९, २०७७२०:१८

दुई वर्षदेखि पालमुनि बस्दै सशस्त्र प्रहरी