यी हुन् संसार कै सबैभन्दा विषालु ५ जीव !

संसारमा थुप्रै सुन्दर जीवहरू छन्, जसले आफ्नो सुन्दरताले मानिसलाई मोहित गर्छन्। यी प्राणीहरूलाई देखेर यस्तो लाग्न सक्छ कि तिनीहरू अर्कै ग्रहबाट आएका हुन्। तर आज हामी तपाईंलाई केहि यस्ता जीवहरूको बारेमा बताउन जाँदैछौं, जुन अत्यन्त खतरनाक र विषालु हुन्छन्।

फनेल वेब स्पाइडर

फनेल वेब स्पाइडर (माकुरो) मूल रूपमा अष्ट्रेलियामा फेला पर्छ। त्यसैले यसलाई अष्ट्रेलियाली फनेल वेब स्पाइडर पनि भनिन्छ। यसको विष साइनाइड भन्दा पनि खतरनाक हुन्छ। भनिन्छ कि यदि यस माकुराले कसैलाई टोक्यो भने उक्त मानिसको १५ मिनेट मै पनि मृत्यु हुनसक्छ।

जेलीफिस

सामान्य जेलीफिस खतरनाक हुन्छ भनेर तपाईंलाई थाहा नहुन सक्छ। तर वाक्स जेलीफिस निकै खतरनाक हुन्छ। आज सम्म संसारमा जतिपनि विषालु पशु र जनावरहरु पत्ता लगाइएको छ, यो ती मध्ये सबैभन्दा विषाक्त छ। भनिन्छ कि यसको विषले एक पटकमा करीव ६० जना मानिसहरूलाई मार्न सक्छ। यदि वाक्स जेलीफिसको विष मानिसको शरीर भित्र पस्यो भने उक्त मानिसको १ मिनेट भित्र मृ-त्यु पक्का छ।

इण्डियन रेड स्कर्पियन

 

तपाईंले बिच्छी त देख्नु भएको होला तर यो संसारमा सबैभन्दा विषालु बिच्छी हो ‘इण्डियन रेड स्कर्पियन’। यो मूलतः भारतमा मात्र पाइन्छ। नेपाल समेत भारत, पाकिस्तान तथा बंगलादेश लगायतका दक्षिण एशियाका देशहरूमा भेटिने यो बिच्छीले यदि कुनै मानिसलाई टोक्यो भने उक्त मानिसको मृ-त्यु ७२ घण्टा भित्र हुनसक्छ।

ब्लु रिंग्ड अक्टोपस 

तपाईंले अक्टोपसको बारेमा त पक्कै सुनेको हुनुपर्छ। दुनियाभरमा यसको ३०० भन्द बढी प्रजाति पाइन्छन्। तर ‘ब्लु रिंग्ड अक्टोपस’ ती मध्ये सबैभन्दा खतरनाक र विषालु हुन्छ। भनिन्छ कि यसको विषले मानिसलाई ३० सेकेन्डमा नै मार्न सक्छ। यो हिन्द महासागर र अष्ट्रेलियाको समुद्रहरूमा फेला पर्छ।

कोन स्नेल 

कोन स्नेल एक निकै खतरनाक जीव हो। यो यति खतरनाक छ कि यसले एकछिनमा कसैलाई पक्षाघात गर्न सक्छ। यद्यपि संसारभरका स्नेलका ६०० भन्दा बढी प्रजातिहरू छन्, तर तिनीहरूमध्ये यो सबैभन्दा विषाक्त हुन्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१९:४१

विशाल चंगामा झुन्डिएका थिए बालक, डोरी चुडिएपछि यस्तो भयो … [भिडियो]