अध्यादेश आएपछि राष्ट्रपतिसँगको साँठगाँठमा ओलीले देश सिध्याउने भए भन्दै गर्जिए गगन !

काठमाडौँ – नेपाली कांग्रेसक प्रभावशाली नेता गगन थापाले सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने बताएका छन्।

मङ्गलबार सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेसँगै एक ट्वीट गर्दै सरकारको असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

संसद बन्द गरेको सरकारले संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखि राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गरेको भन्दै थापाले ट्वीटरमा आक्रोश पोखेका छन्।

यसरी सरकारको यो असंवैधानिक र निरङ्कुश कदम विरुद्ध सडक र सदनको बलबाट असफल बनाउनुपर्ने उनको भनाई छ। त्यसको लागि जनताको साथ र शक्ति पनि चाहिने थापाले बताएका छन्।

“संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने !”,ट्वीट गर्दै थापाले भनेका छन्,”केपी ओली सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट !!”

सरकारले मंगलवार ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको सर्वत्र विरोध भइरहेको छ। अध्यादेशलाई सत्तारुढ नेकपाकै नेताहरुले फिर्ता गर्न माग गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेशलाई विपक्षि दलले अन्तरिक कलहको उपज भनेका छन्।

सत्तारुढ नेकपामा पछिल्लो केहि महिना देखि चरम विवाद छ। विवादकै बीच ओलीले संवैधानिक परिषद्को बैठक बोलाउने काम गरेका थिए। तर, सभामुख पटक-पटक अनुपस्थित भएपछि बैठक बस्न सकिरहेको थिएन। जसकारण बैठकमा कोरम पुग्न सकेको थिएन।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१७:५५

‘हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो’