इन्डोनेसियामा चंगा उडाउने क्रममा एउटा ठूलो दुर्घटना भयो। यो घटना लम्पुंगको प्रिन्सिपे रीजेन्सीको एक स्कूलको हो जहाँ १ डिसेम्बरको दिन चंगा उडाउने क्रममा १२ वर्षीय केटो चंगासँगै करिब ३० फित माथि हावामा गयो।
चंगाको डोरी अचानक चुडिएपछि उक्त केटो जमीनमा खस्यो र गम्भीर रूपमा घाइते भयो। त्यसको लगत्तै अस्पताल लगियो। अब घटनाको भिडियो सोशल मीडियामा चर्चाको विषय भएको छ।
भिडियोमा बच्चालाई ड्रयागन काइटमा झुन्डिएको देख्न सकिन्छ। अचानक चंगाको डोरी चुड्छ र ऊ जमीनमा खस्छ। वरिपरिका मानिस कराइरहेको आवाज पनि भिडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ।
https://youtu.be/08S-1YIUQzs
डेली मेलको एउटा रिपोर्टका अनुसार बच्चा चंगाको साथमा जादु देखाउँदै गर्दा ३० फिट तल जमीनमा खसे। उक्त दुर्घटनामा केटाको हातमा ६ वटा फ्र्याक्चर भएको छ।