काठमाडौँ – पुस महिनाको पहिलो दिन नै सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८ सय रुपैंयाले बढेको छ।
नेपाली बजारमा तोलामा ८ सयले बढेपछि छापवाला सुनको मूल्य ९३ हजार ८ सय कायम भएको छ। यस्तै आज तेजाबी सूनको मूल्य पनि तोलामा ८ सयले बढेको छ। जससँगै तेजाबी सूनको मूल्य९२ हजार ६ सय ५० कायम भएको छ।
मङ्सिर महिनामा सुनको मूल्य
मङ्सिर महिनामा सुनको मूल्यमा धेरै उतारचढाव भयो। मङ्सिरमा सुन पछिल्ला महिनाहरुमा भन्दा केहि सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार मङ्सिर महिनाको ३ गते कायम भएको सुनको मूल्य महिना दिनकै बढी हो। त्यस दिन सुन ९५ हजार १ सयमा कारोबार भएको थियो।
यस्तै मङ्सिरमा सुन सबै भन्दा सस्तो १५ गते भएको थियो। त्यस दिन सुन ९० हजारमा कारोबार भएको थियो। मङ्सिर १५ गते कायम भएको सुनको मूल्य साढे ५ महिना यताकै सस्तो थियो।
चाँदी
बुधबार चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैंयाले बढेर चाँदीको मूल्य १ हजार २ सय ३० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मङ्सिरमा चाँदीको मूल्य
मङ्सिरमा चाँदीको मूल्य बढीमा १ हजार २ सय ३५ सम्म पुगेको थियो भने कममा १ हजार १ सय २० सम्ममा झरेको थियो।