गगन थापाले दिए बरालिएका ओलीलाई बाँध्‍ने यस्तो सुत्र !

काठमाडौँ – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन थापाले संसद अधिवेशन बोलाउनु पर्नेमा जोड दिएका छन्।

सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएको अवस्थामा सामाजिक संजाल मार्फत थापाले ओलीलाई संसद अधिवेशन बोलाउन बाध्य पार्नुपर्ने बताएका हुन्।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि कांग्रेसले आज पदाधिकारी बैठक डाकेको अवस्थामा पूर्वमन्त्री समेत रहेका थापाले संसद अधिवेशन बोलाउन बाध्य पार्न पार्टीका सभापति तथा शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न आफ्ना पार्टीका नेताहरुलाई थापाको आग्रह छ।

उल्लेखित विषय बारे समयमै ध्यान नदिँदा अहिलेको अवस्था आइपुगेको उनको भनाई छ। थापाले संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि निवेदन दिन पनि सुझाव दिएका छन्।

फाइल तस्बिर

“पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँ। बरालिएका प्रधानमन्त्री केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ,उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ,” उनले सामाजिक संजालमा लेखेका छन्, “यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ। आज बैठक बस्दै हुनुहुन्छ , पार्टी सभापतिलाई फेरि विनम्र अनुरोध ! संविधानको धारा ९३(३)अनुसार संसद् अधिवेशनका लागि आजै निवेदन दिऔँ।”

थापा फेसबुकमा थप लेख्छन्,”उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ। उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।”

प्रकाशित : बुधबार, पुष ०१, २०७७१३:५६

अन्ततः ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्त बारे बोले ओली !