चाणक्य वचन : कदापी नगर्नुहोस् यस्ता तीन खाले मानिसलाई सहयोग !

हामीले बाल्यकाल देखि नै आवश्यक पर्नेहरुलाई सहयोग गर्नु पर्छ भनेर सिक्दै आएका छौँ। चाहे त्यो मद्दत धनको रुपमा होस् या आफ्नो उपस्थिति जनाएर होस्, दुवै तरिका सही मानिन्छ। हाम्रो समाजमा अरु कसैलाई मद्दत गर्नु राम्रो संस्कारको रुपमा दर्शाइन्छ।

हामी अरुलाई मद्दत गर्नु अघि खासै धेरै सोच्दैनौं। यदि कसैलाई मद्दत चाहिएमा हामी तुरुन्त मद्दत गर्न तयार हुन्छौँ। सहयोग गर्नु अघि उक्त व्यक्तिको व्यक्तित्वको बारेमा गहिराईमा जान्ने इच्छा देखाउँदैनौं। आचार्य चाणक्यको यस बारेमा फरक राय दिएका छन्।

आचार्य चाणक्यका अनुसार हामीले मानिसलाई सहयोग अवश्य गर्नुपर्छ तर यस्ता ३ खाले मानिसलाई भने  कहिले पनि सहयोग गर्नुहुँदैन। यस्ता मानिसलाई जति सहयोगको खाँचो परेको भए पनि यिनीहरुलाई मद्दत गर्नुहुन्न।

आउनुहोस् अब हामी तपाईलाई ती तीन खाले मानिसका बारेमा बताउँछौँ जसको मद्दत गर्नु भनेको आचार्य चाणक्यका अनुसार स्वयमलाई नोक्सानी पुर्याउनु समान हो। यसकारण तिनको मद्दत गर्नु व्यर्थ हो…

कुनै पनि स्त्रीलाई समस्यामा देख्नु र तिनलाई सहयोग गर्न जानु स्वभाविक हो तर चाणक्यका अनुसार हरेक स्त्री सहयोगको लायक हुँदैनन्। चाणक्यका मान्यताअनुसार ती स्त्री जो आफ्नै गल्तीको कारण समस्यामा पर्छन्, जसको काम नै खराब काम गर्नु हो र फेरी समस्यामा फस्नु हो त्यस्ता स्त्रीको मद्दत गर्नु व्यर्थ हो।

यदि तपाई यस्ता स्त्रीको मद्दत गर्न जानुभएमा स्वयम् कुनै न कुनै उल्झनको अवश्य शिकार हुनुहुनेछ। यस्ता स्त्रीको खराब स्वभाव एवं लक्षणहीन हुनु नै उसको समस्याको कारण हो। यस्ता स्त्रीबाट टाढै रहनुहोला र तिनको मद्दत नगर्नुहोला।

उदास हुनु स्वभावको एक हिस्सा हो जुन परिस्थितिको कारण उत्पन्न हुन्छ। तर ती मानिस जो हरेक समय उदास रहन्छन् तिनको बारेमा के भन्नुहुन्छ तपाई ? चाणक्यका अनुसार हरेक समय बिना कुनै कारण उदास  रहने मानिसहरुबाट जतिसक्दो चाँडो टाढा रहेकै राम्रो हुनेछ।

किनकी यदि तपाई यिनलाई मद्दत गर्नुभएमा पनि अन्त्यमा यिनीहरुले खुशी व्यक्त गर्दैनन्। यिनीहरुको काम नै उदास हुनु हो। तपाई जति पनि कोसिस गर्नुहुन्छ बिनाकारण उदास हुने मानिसलाई खुशी पार्न सकिन्न।

यस्ता मानिसको सोचमा नै नकारात्मकता भरिएको हुन्छ, जब सम्म यिनले यस्तो सोच छाड्दैनन्, तब सम्म यिनलाई मद्दत गर्नु व्यर्थ हुनेछ। किनकी अन्त्यमा यस्ता मानिस स्वयमलाई, तपाईलाई या परिस्थितिलाई बिना कुनै ठोस कारण दोष दिएर उदास हुन्छन्।

चाणक्यका अनुसार मूर्खको मद्दत गर्ने मानिस स्वयम् नै मूर्ख साबित हुनेछन्। किनकी तपाई एक पटक मूर्खलाई मद्दत गर्नुहुनेछ, शायद फेरी पनि मद्दत गर्नुहुनेछ, तर आखिर कहिलेसम्म तिनको मद्दत गर्नुहुनेछ। अन्त्यमा तिनको मूर्खताले तिनलाई पहिलेकै ठाउँमा खडा गर्नेछ।

यदि तपाई लाग्छ कि यस्ता मानिसलाई मद्दत गरेर तपाई तिनलाई सही मुकामसम्म लिएर जान सक्नुहुन्छ भने तपाई गलत हुनुहुनेछ। यिनलाई सल्लाह या रायसुझाव दिनु नै मूर्खतापूर्ण काम हो।

प्रकाशित : बुधबार, पुष ०१, २०७७१८:२९

२०२१ मा कहिले-कहिले लाग्छ त सूर्य ग्रहण ? कहाँबाट देखिन्छ ? हेर्नुहोस् !