एजेन्सी – रियल सोसिडाडका प्रशिक्षक इमानोल अल्गुआसिलले बार्सिलोनाका फरवार्डद्वय लियोनेल मेस्सी र एन्टोइन ग्रिजमन दुवै लयमा भएको खण्डमा बार्सिलोनालाई रोक्न असम्भव हुने बताएका छन्।
लालिगा अन्तर्गतको खेलमा बार्सिलोनासँग भिड्नु अगाडीको पत्रकार सम्मेलनमा बोल्दै सोसिडाडका प्रशिक्षक अल्गुआसिलले मेस्सी र ग्रिजमन बारे यस्तो टिप्पणी गरेका हुन्। मेस्सी र ग्रिजमन दुवै उत्कृष्ट लयमा हुने हो भने बार्सिलोनालाई रोक्न गार्है पर्ने उनको भनाई छ।
बार्सिलोनाको प्रदर्शनमा अहिले स्थिरता नभएपनि बार्सिलोना धेरै बलियो टोलि रहेको अल्गुआसिल मान्छन्। जारी सिजनमा बार्सिलोना केहि धरमर देखिएको छ। यधपी पछिल्ला खेलहरुमा बार्सिलोनाले जित्ने पर्याप्त अवसरहरू भने सिर्जना गर्न सफल भएको उनले बताए। सिजनका केहि खेलहरुमा गोल गर्न नसकेपनि बार्सिलोनाले पछिल्ला खेलहरुमा भने पर्याप्त अवसर सिर्जना गर्न सकेको उनको भनाई छ।
“के भइरहेको थियो भने – बार्सिलोनाले केहि खेलमा गोल गर्न सकेको थिएन। तर, उनीहरुले रियल बेटिस बिरूद्ध पाँच र भिलारियल विरुद्ध ४ गोल गर्न सफल भएका छन्”,बार्सिलोनाले गोल गर्न नसकिरहेको विषयमा टिप्पणी गर्दै उनले भने।
अल्गुआसिलका अनुसार मेस्सी अझै पनि लालिगाका उत्कृष्ट खेलाडी हुन्। दुवै बीच तालमेल भएको खण्डमा बार्सिलोना धेरै उत्कृष्ट हुने उनको दावी छ।
“मलाई लाग्छ ग्रिजमन धेरै गोल शिर्जना गरिरहेका छन्, साथै गोल पनि गरिरहेका छन्। त्यस्तै मेस्सी अझै पनि लालिगाका उत्कृष्ट खेलाडी हुन्। यस हिसावले दुई बीच राम्रो तालमेल हुने र दुवै लयमा हुने हो भने बार्सिलोनालाई रोक्न असम्भव हुनेछ।”,उनले भने।
स्पेनिस ला लिगामा आज राति बार्सिलोना र रियल सोसिडाड बीच खेल हुँदै छ। खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ। अहिले रियल सोसिडाड लालिगाको शिर्षस्थानमा छ भने १३ खेलबाट २६ अंक बटुलिसकेको छ। सोसिडाडको बार्सिलोनासँग ९ अंकको अग्रता छ।