ग्रहहरुको युवराज चन्द्र पुत्र बुध ग्रह १७ डिसेम्बर अर्थात भोलि धनु राशिमा प्रवेश गर्दैछ। बुध भोलि बिहान ११ बजेर ५० मिनेट जाँदा वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्नेछ। यस राशिमा यो ४ जनवरीसम्म रहनेछ। त्यसपछि, मकर राशिमा प्रवेश हुनेछ।
बुधको यो गोचरले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ….
मेष राशि
राशिको भाग्यभावमा बुधको प्रवेश र पहिलैबाट सूर्यको उपस्थितिले तपाईंको लागि ठूलो सफलताहरूको श्रृंखला सुरू गर्नेछ। यदि तपाईं विदेशी कम्पनीहरूमा सेवाको लागि आवेदन दिन चाहानुहुन्छ भने पनि यो समय धेरै अनुकूल हुनेछ। शिक्षा प्रतिस्पर्धामा पनि राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ।
वृष राशि
राशिको अष्टम भावमा बुधको प्रवेशले तपाईंको मान-प्रतिष्ठा बढाउनेछ। तपाईं कार्यक्षेत्रमा षड्यन्त्रको शिकार पनि बन्न सक्नुहुन्छ, त्यसैले सावधान रहनुहोस्। कुनै पनि सरकारी सम्मान तथा पुरस्कार पनि मिल्न सक्छ। भूमि सम्बन्धी मामिलामा समस्या आउनसक्छ। आर्थिक स्थिति कमजोर रहला। स्वास्थ्यमा समस्या आउनसक्छ।
मिथुन राशि
राशिको सप्तम भावमा बन्ने बुधादित्य योग तपाईंको लागि वरदान साबित हुनेछ। तपाईं आफ्नो ऊर्जा शक्तिको पूर्ण उपयोग गरेर कार्य व्यापारमा लाग्नुभयो भने सफलताको सम्भावना उच्च हुन्छ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। परिवारमा मांगलिक कार्य आयोजना हुनसक्छ। सन्तान सम्बन्धि चिन्ताबाट राहत मिल्नेछ।
कर्कट राशि
राशिको छैठौं भावमा बुध र सूर्यको मिलन तपाईंको लागि कानुनी क्षेत्रमा शुभ रहनेछ। स्वास्थ्य बिग्रन सक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। कसैलाई धेरै पैसा ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना छ। यात्रा गर्दा अधिक खर्च हुनेछ।
सिंह राशि
राशिको पन्चम भावमा बुधको गोचरले शिक्षा क्षेत्रमा राम्रो परिणाम दिन्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। परिवारका वरिष्ठ सदस्यसँग मदभेद हुनसक्छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ।
कन्या राशि
राशिको चौंथो भावमा बुधको प्रवेशले घर किन्ने सपना पूरा गर्न सक्छ। आफन्तहरूबाट पनि सहयोगको अपेक्षा गर्न सक्नुहुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सामान चोरी गर्नबाट जोगिनुहोस्। व्यापार विस्तार हुनेछ। नयाँ कार्य तथा व्यापार सुरु गर्नको लागि समय शुभ छ।
तुला राशि
राशिको पराक्रमी भावमा बुधको गोचर हुनाले तपाईंलाई उत्साही र पराक्रमी बनाउनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। तपाईंले लिएका निर्णय सफल हुनेछन्। विदेशी नागरिकताको लागि गरेको आवेदन पनि सफल हुनेछ।
वृश्चिक राशि
राशिको धनभावमा बुधादित्य योगले तपाईंको वित्तीय पक्षलाई ठूलो मजबुत बनाउँछ। कर्यक्षेत्रमा यदि तलब बाँकी छ भने पाउने सम्भावना पनि बढ्नेछ। लामो समयदेखि चलिरहेको तनाव पनि कम हुनेछ। बोली, कौशलता र कोमल प्रकृतिको कारण अनौठो परिस्थितिमा विजय हासिल गर्न सकिन्छ। स्वास्थ्यको बारेमा सावधान हुनुपर्छ।
धनु राशि
बुध ग्रहको गोचर तपाईंको लागि अत्यन्त लाभदायक हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। कार्यक्षेत्रमा पदोन्नतीका साथै मान-सम्मान वृद्धि हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट राहत पाउनुहुनेछ। विद्यार्थीहरूको शिक्षा प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ।
मकर राशि
राशिको व्यय भावमा बुधको प्रवेशले अधिक हडबड र खर्च गराउँछ। आर्थिक पक्ष कमजोर रहनेछ। कानुनी मामला वा झै-झगडा आफैं समाधान गर्दा राम्रो हुन्छ। घर वा गाडी किन्ने संकल्प पूरा गर्न सकिन्छ। यदि तपाईं विदेशी नागरिकताका लागि आवेदन दिन चाहानुहुन्छ भने अवसर अनुकूल रहनेछ।
कुम्भ राशि
राशिको लाभ भावमा बुधको गोचरले विभिन्न सफलता ल्याउँनेछ। आयका साधन बढ्नेछन्। नतिजा स्वरूप, आर्थिक पक्ष अझ मजबुत हुनेछ। परिवारका वरिष्ठ सदस्यसँग मदभेद हुनसक्छ। विद्यार्थी वर्गको लागि बुधको यो गोचर लाभदायक साबित हुनेछ।
मीन राशि
राशिको दशम भावमा बन्ने बुधादित्य योगले तपाईंको मान-सम्मानका साथै सफलतामा वृद्धि गर्नेछ। घर जग्गा सम्बन्धि विषयहरूको समाधान हुनेछ। घरको गाडीको खरीद गर्ने योग रहेको छ।