तथ्यांक अनुसार रोनाल्डो २०२० को टप १० खेलाडीमा पनि परेनन्, मेस्सी नम्बर १

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी एकपटक फेरी सर्वश्रेष्ठ फिफा पुरूष प्लेयर अवार्ड २०२० को दौडमा रहेका छन्। फिफा ‘द बेस्ट’ को लागि फिफाले सार्वजनिक गरेको टप ३ खेलाडीमा संयुक्त रूपमा ११ ब्यालूं डी ओर विजेता मेस्सी र रोनाल्डोका साथै यस वर्ष पुरस्कारका लागि प्रवल दाबेदार रोबर्ट लेवान्डोस्की परेका छन्।

तर तथ्यांकका अनुसार भने क्रिस्टियानो रोनाल्डो २०२० को टप १० खेलाडी मध्य पनि परेनन्। कार्टरेट एनालिटिक्सको तथ्यांक अनुसार २०२० मा रोनाल्डो रेटिंगको आधारमा टप १० मा पनि पर्न सफल भएनन्। र लेवान्डोस्की २०२० अवार्डका लागि प्रवल दाबेदार भएतापनि यस वर्ष मेस्सीको सबै खेलाडीहरू मध्य उच्च रेटिंग छ।

३३ वर्षीय अर्जेन्टिनी कप्तानले आफ्नो स्तरको खेल देखाउन नसकेता पनि शिर्ष स्थानना पर्न सफल भए। मेस्सी ३१७.४ रेटिंगका साथमा पहिलो नम्बरमा छन् भने दोस्रो स्थानमा रहेका लेवान्डोस्कीको ३१०.३ रेटिंग छ। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो भने २३५.५ रेटिंगका साथ ११ औं स्थानमा छन्।

उत्कृष्ट १५ को सूची यस प्रकार छ:-

प्रकाशित : बुधबार, पुष ०१, २०७७१७:२०

पछि परेको अवस्थामा बार्सिलोनाको जित !