भीम रावलको चट्टानी अडान देखेर तर्सिए ओली, फोन गरेर सोधे यस्तो प्रश्न !

काठमाडौँ – संसद अधिवेशनको माग राखी शितल निवास पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्।

संसद अधिवेशनको माग राखी शितल निवास पुगेका नेता रावललाई फोन गरेर ओलीले स्पष्टिकरण सोधेका हुन्। बुधबार साँझ ओलीले रावललाई फोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेको बताइएको छ।

ओलीले कसको इजाजत लिएको भन्दै प्रश्न गरेपछि रावलले आफू सांसद रहेको र संसद अधिवेशनको माग राख्न पाउनु आफ्नो अधिकार रहेको जवाफ फर्काएका थिए।

१२ बजे शितल निवास पुगेका रावल र पम्फा भुसाल साँझ फर्किए

मंगलबार सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य भीम रावल र पम्फा भुसाल सांसदहरुको हस्ताक्षर लिएर मध्यान्ह राष्ट्रपति निवास पुगेका थिए। रावल र भुसालसँग ८३ सांसदको हस्ताक्षर थियो।

मध्यान्ह १२ बजेर ४८ मिनेटमा शितल निवास पुगेका नेता रावल र भुसालले संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउने प्रयास गरे। तर, उक्त प्रयास सफल हुन सकेन। राष्ट्रपति कार्यालयले पत्र दर्ता गर्न नै मानेन।

पत्र दर्ता नभएपनि रावल र भुसाल साँझसम्मै शीतल निवासमै बसे। रावल र भुसाल शितल निवासबाट फिर्ता हुन नमानेपछि ओली पक्ष गले। फलस्वरूप ओली संवैधानिक अध्यादेश फिर्ता लिन राजि भए।

 

प्रकाशित : बुधबार, पुष ०१, २०७७२०:२५

कोरोना संक्रमितको शव उठाउने महिलाहरुको यो समूह !