भारतमा कोभिडको संक्रमणको संख्या एक करोडनजिक !

एजेन्सी –  भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३५५ जनाको मृ-त्यु भएपछि कोरोनाभाइरसबाट मृ-त्यु हुनेको संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृ-त्यु भएको छ । गत सोमबारसम्म यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो ।

मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

प्रकाशित : बिहिबार, पुष ०२, २०७७१३:२३

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण