आज पुष ३ गते शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवारका सदस्यहरुसँग घरेलु मामिलामा महत्वपूर्ण विषयमा छलफल हुनेछ। आमा तथा स्त्री वर्गबाट लाभ मिल्ने सम्भावना छ। सरकारले तपाइँको कुनै पनि काम वा परियोजनामा ​​मद्दत गर्न सक्छ। अत्यधिक कामको बोझको कारण अस्वस्थ अनुभव हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आफन्त तथा साथी-भाईबाट शुभ समाचार प्राप्त हुनाले मन प्रशन्न रहनेछ। लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ। अफिस वा व्यापार स्थानमा कार्यभार बढ्नेछ। व्यापारमा नाफा हुने सम्भावना उच्च छ। स्वास्थ्य सामान्य रूपमा मध्यम रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ्य बिग्रन सक्छ। आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। अधिक खर्च हुनाले आर्थिक संकट आइपर्न सक्छ। रिस नियन्त्रणमा राख्न जरूरी छ। कार्यक्षेत्रमा सामय सोचे अनुरुप अनुकूल नरहला। परिवारमा नकारात्मक वातावरण रहनाले मन चिन्तित रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारको साथमा रमणीय यात्रामा जाने मौका मिल्नेछ। उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। अयापार व्यवसायमा साझेदारीबाट लाभ मिल्ने सम्भावना छ। मान-सम्मान बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवारमा हर्षको वातावरण रहनेछ। परिवारका सदस्यहरूसँग आनन्दमय समय बित्नेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग प्राप्त हुनेछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थता रहनसक्छ। विद्यार्थीको अध्ययनमा अवरोध आउनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। यस दिन कुनै पनि ठाउँमा पैसा लगानी गर्दा सावधान रहनुहोस्। परिवारमा सकारात्मक वातावरण रहनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ। यात्रा गर्नको लागि दिन अनुकूल छैन। छाती सम्बन्धि समस्याले सताउन सक्छ। भूमि सम्बन्धि मामिलामा सतर्कतासाथ व्यवहार गर्नुहोला। विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। कार्यक्षेत्रमा अनावश्यक बहस हुनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ। यस दिन नयाँ कार्य सुरु गर्न सक्नुहुनेछ। घरमा भाईबहिनीहरूसँग सद्भाव रहनेछ। भाग्यमा लाभदायक परिवर्तन हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरू उनीहरूको चालमा असफल हुनेछन्। तपाईंको लोकप्रियता बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। मानसिक व्यवहारमा कम दृढताका कारण कुनै निर्णय छिटो लिन नसकिएला। व्यर्थ धन खर्च हुनेछ। आर्थिक पक्ष कमजोर रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईं धार्मिक कार्यमा व्यस्त हुनुहुनेछ। रोजगारी व्यवसायमा पनि अनुकूल स्थिति हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। कार्यक्षेत्रमा पदोन्नती प्राप्त हुने योग रहेको छ। साथीहरू तथा प्रियजनहरूबाट उपहार पाएर तपाईं प्रशन्न हुन्हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पैसा लेनदेन तथा जग्गा जमीन कारोबार गर्दा सावधान रहनुहोला। खर्च बढी हुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस्। आफन्तसँग मदभेद हुने सम्भावना छ। भ्रम र दुर्घटनाबाट बच्नुहोस्। क्रोधमा संयम राख्नुहोला। अनावश्यक झै-झगडामा फस्न सकिन्छ, सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

साथी-भाईबाट लाभ मिल्ने पूर्ण सम्भावना छ। सामाजिक कार्यमा बढी चासो लाग्नेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। घरबाट शुभ समाचार प्राप्त गर्न सकिन्छ। आकस्मिक धन लाभ मिल्ने योग छ। सन्तानबाट पनि लाभ मिल्ला।

प्रकाशित : बिहिबार, पुष ०२, २०७७१८:२१

भोलि पुष ४ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !