खरमासमा कुनै पनि प्रकारको शुभ काम गर्नु हुँदैन। विवाह, व्रतबन्ध, वधु प्रवेश, गृह प्रवेश, घर निर्माण, नयाँ व्यापार सुरू गर्ने, आदि जस्ता सुरु नगर्नुहोस्।
हिन्दु धर्ममा कुनै शुभ काम गर्नु भन्दा पहिले शुभ समय वा मुहूर्त हेरिन्छ। साथै, सूर्यको चाललाई पनि ध्यानमा राखिन्छ। यस कारणले, खरमास महिनामा कुनै पनि शुभ कामहरू गरिदैन। यस्तो विश्वास गरिन्छ कि यस महिनामा सूर्यको गति सुस्त हुन्छ। त्यसकारण कुनै पनि शुभ काम सफल हुँदैन।
सूर्य बृहस्पतिमा प्रवेश गर्ने समयदेखि नै खरमास वा मलामास वा अधिमास सुरु हुन्छ। यो महिनालाई हिन्दु धर्ममा शुभ मानिदैन। खरमास महिनाको आफ्नै अलग नियमहरू छन्।
खरमासका ३ नियम
१. खरमास महिनामा दान र सद्गुणको उच्च फल प्राप्त हुन्छ। यस महिनामा तपाईंले जति धेरै गरिब र दरिद्रलाई मद्दत गर्नुहुन्छ, त्यत्ति नै तपाईंलाई लाभ प्राप्त हुनेछ।
२. यस महिनामा स्वास्थ्य र समृद्धिको लागि प्रत्येक दिन सूर्यलाई जल अर्पण गर्नुपर्छ। सूर्योदय अघि उठेरे स्नान गर्नुहोस्। त्यसपछि, उदाउँदो सूर्यलाई अर्घा दिनुहोस्। यसो गर्नाले तपाईंलाई शुभ परिणाम प्राप्त हुनेछ।
३. यस महिना गौशाला अवश्य जानुहोस्। गाईलाई सखर र हरियो चना खुवाउनुहोस्। यदि यो सम्भव छैन भने घरमा गाईको मूर्ति वा तस्विर राख्नुहोस्। यो पूरै महिना गाईको पूजा गर्नुहोस्। यसो गर्नाले भगवान कृष्ण तपाईंसँग प्रसन्न हुनुहुनेछ।