जाडो मौसम सुरु भइसकेको छ। हामीलाई लाग्न सक्छ कि हाम्रो ठाउँ र देशमा अ जस्तो जाडो संसारमा कहिँ पनि हुँदैन। तर संसारमा यस्ता थुप्रै देश छन् जहाँ निकै नै चिसो हुन्छ। के तपाईलाई थाहा छ विश्वका पाँचवटा चिसो देशहरूका बारे जहाँका केहि क्षेत्रहरू त वर्षभर निउ हिउँले ढाकिएको हुन्छ। यी देशहरूको बारेमा थाहा पाउँनुहोस्….
ग्रीनल्याण्ड
यो डेनिस राजतन्त्र अन्तर्गत एक स्वायत्त घटक देश हो जुन क्यानाडा आर्कटिक द्वीपसमूहको पूर्वमा आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित छ। चारै तिरबाट समुद्रले घेरेको यो देश विश्वको सबैभन्दा चिसो देशहरू मध्ये एक हो। यहाँ वर्षभर नै तापक्रम ० डिग्री रहन्छ।
आइसल्याण्ड
आइसल्याण्ड उत्तर पश्चिमी यूरोप मा एक टापु देश हो। यो विश्वको सबैभन्दा चिसो देशहरू मध्ये एक हो। यहाँको तापमान सजिलै माइनस १० डिग्री सेल्सियससम्म झर्छ। यहाँको भट्नाजोकुल ग्लेशियर गुफा संसारको सबभन्दा अविश्वसनीय गुफा मध्ये एक हो।
काजाकिस्तान
आर्कटिक सर्कल भित्र अवस्थित यो देश रूस भन्दा ठीक तल अवस्थित छ। यहाँका क्षेत्रहरू धेरै असमान छन्, जहाँ उचाईका आधारमा तापमान फरक फरक हुन्छ। जाडोमा यहाँको तापमान ० डिग्री भन्दा पनि तल झर्छ। तर यस देशमा धेरै यस्ता क्षेत्रहरू पनि छन् जहाँ स्थायी रूपमा हिउँले ढाकेको हुन्छ।
क्यानडा
यो विश्वको सबैभन्दा चिसो देशहरू मध्ये एक मानिन्छ। यहाँ यति चिसो छ कि समुद्रको पानीसमेत जम्छ। जाडोको मौसममा क्यानाडाका सबै क्षेत्रमा भारी हिउँ पर्छ र तापक्रम माइनस ४० डिग्रीसम्म पुग्न सक्छ।
नर्वे
युरोप महाद्वीपमा अवस्थित यो देश चिसोको लागि विश्वव्यापी रूपमा प्रख्यात छ। यहाँ डरलाग्दो चिसो हुन्छ। २०१० मा यहाँको चिसोले विगत २० वर्षको रेकर्ड तोडेको थियो। त्यतिखेर यहाँको तापमान माइनस ४२ डिग्री भन्दा पनि कम भएको थियो।