बजारको दुधमा मिलावट छ कि छैन जान्न चाहनुहुन्छ ? यसरी थाहा पाउनुहोस् !

दुधलाई पूर्ण आहार भनिन्छ। तर यो स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ यदि यसमा मिलावट भयो भने। धेरै पटक यस्तो हुन्छ कि दुधमा पानी मात्र हैन धेरै रसायनहरू पनि यसमा थपिन्छ जसले तपाईंलाई बिरामी बनाउन मात्र होइन तर बढ्दो बच्चाहरूको वृद्धिलाई पनि रोक्न सक्छ। जान्नुहोस् कसरी दुधमा मिलावत छ भनेर पहिचान गर्ने त ?

पानी 

ढलान वाला सतहमा दुधको एक थोपा राख्नुहोस्। शुद्ध दुधको थोपाले बिस्तारै सेतो लहर छोड्दै बग्छ जबकि मिलावट दुधको थोपाले कुनै निशान नछोडी बग्छ।

यूरिया

एक चम्चा दुध टेस्ट ट्यूबमा हाल्नुहोस्। यसमा आधा चम्चा सोयाबीन वा टर पाउडर मिलाउनुहोस्। राम्रोसँग मिक्स गर्नुहोस्। पाँच मिनेट पछि रातो लिटमस कागजमा उक्त मिश्रणको एक थोपा हाल्नुहोस्। आधा मिनेट पछि यदि रातो कागज निलोमा बदलियो भने दुधमा यूरिया छ भनेर बुझ्नुहोस्।

डिटर्जेंट

५-१० एमएल दुधमा त्यति नै मात्रामा पानी मिलाउनुहोस् र हल्लाउनुहोस्। यदि फिज आयो भने बुझ्नुहोस् उक्त दुधमा डिटर्जेंट छ।

कृत्रिम दुध 

सिन्थेटिक दुधको स्वाद तितो हुन्छ। औंलाहरु बीच रागेड्यो भने साबुन जस्तै लाग्छ र उमाल्दा पहेंलो हुन्छ। सिन्थेटिक दुधमा प्रोटिन सामग्री छ वा छैन औषधि पसलमा पाइने यूरीज स्ट्रिपले परीक्षण गर्न सकिन्छ।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७१४:००

यी हुन् संसारकै ५ सबैभन्दा चिसा देश !