पेटको बोसो बन्नसक्छ यस्ता गम्भीर समस्याको कारण !

आजको समयमा जीवनशैली सम्बन्धि रोगहरू विश्वव्यापी रूपमा मृ-त्युको प्रमुख कारणहरू बनेको छ। आजको समयमा प्राय: मानिको जीवनशैली निकै निष्क्रिय रूपको भएको छ। मानिसलाई हिड्ने डुल्ने त समय नै छैन। यसको कारण अहिले मोटोपना अर्थात वजन बढ्ने समस्या सामान्य भएको छ। यसमा पनि, पेट वरिपरि भएको बोसो सबैभन्दा हानिकारक हुन्छ किनभने प्राय: सबै आवश्यक अंगहरू यस क्षेत्रमा हुन्छन्।

पेटमा भएको बोसोले यी रोगहरू निम्त्याउन सक्छ – 

मुटु रोग 

अमेरिकन लाइब्रेरी अफ मेडिसिनका तथ्यांकका अनुसार मुटु रोग अमेरिकामा मृ-त्युको दोस्रो ठूलो कारण हो। अधिक वजनको मतलब उच्च रक्तचाप र बढेको कोलेस्ट्रोल हो। यसले गर्दा मुटु सम्बन्धि रोगको खतरा उच्च हुने गर्छ।

टाइप २ मधुमेह 

रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार सामान्यतया जो मानिसहरुमा टाइप २ मधुमेह हुन्छ उनीहरु प्राय: मोटो हुन्छन्। यस्तोमा, तपाईं वजनलाई नियन्त्रण गरेर र पेटको बोसो घटाएर मधुमेहको जोखिम वा ग-म्भीरतालाई कम गर्न सक्नुहुन्छ।

क्यान्सर 

बेली बोसोले क्यान्सरको जोखिम पनि बढाउन सक्छ। कोलन क्यान्सर, स्तन क्यान्सर, एन्डोमेट्रियम क्यान्सर, र एसोफेजियल क्यान्सरको जोखिम मोटापाको कारण धेरै गुणा बढ्छ। धेरै अध्ययनहरूका अनुसार पेटको बोसोले पित्ताशय, अंडाशय र पन्क्रियासको क्यान्सरको जोखिम बढाउँछ।

पित्ताशय सम्बन्धि समस्या 

पित्ताशय सम्बन्धि धेरै ग-म्भीर बिमारहरू मोटोपनाका कारणले हुन सक्छन्। पेटको बोसोले पित्ताशयलाई प्रतिकूल असर गर्छ। पित्ताशय हाम्रो पाचन प्रणालीको एक हिस्सा हो जुन अंग पेटमा अवस्थित हुन्छ। त्यसैले पेटको बोसोले यसलाई असर गर्छ।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७१४:०१

यसरी गर्नुहोस् गुप्ताङ्गबाट सेतो गनाउने पानी बग्ने समस्याको समाधान !