आमा बन्दै नेहा कक्कड़ !

बलिउड गायिका नेहा कक्कड़ आमा बन्ने भएकी छिन्। यो खबर अहिले जता ततै भाइरल भइरहेको छ।

नेहा कक्कड़ आफैंले इन्स्टाग्राम मार्फत यो जानकारी दिएकी हुन्। उनले एक तस्वीर पनि साझा गरेकी छन् जसमा उनी बेबी बम्प फ्लन्ट गरिरहेकी छिन्।

पति रोहनप्रित सिंह पनि सँगै रहेको फोटो इन्स्टाग्राममा साझा गर्दै नेहाले लेखेकी छिन्, ” ख्याल राख्नु।” उक्त पोस्टमा रोहनले कमेन्ट गर्दै लेखे,”अब त झन् धेरै ख्याल राख्नु पर्छ नहु।”

नेहा र रोहनले अक्टोबर महिनामा विवाह गरेका थिए। विवाहपछि उनीहरुको हनिमुनको फोटो पनि निकै भाइरल भएको थियो।

आमा बन्न लागेकी नेहालाई फ्यानहरुले शुभकामना दिइरहेका छन्।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७१२:०८

गीत प्रमोट गर्ने नेहाको ‘निन्जा टेक्निक’, सबैलाई नराम्ररी उल्लु बनाइन् !