हप्ताको अन्तिम दिन आज सुनको मूल्य मङ्सिर ८ गते यताकै महँगो भएको छ। बुधबारको तुलनामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार शुक्रबारको वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८ सय ५० कायम भएको छ।
शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैंयाले घटेर १ हजार २ सय ८० कायम भएको छ।