पिता गर्थे पन्चर टाल्ने काम, छोराले घरमै बनाए मोटरसाइकल !

एजेन्सी – परिश्रम कहिले पनि खेर जाँदैन र त्यसको हामीले धेरै उदाहरण देखेका छन्। त्यस्तै एक उदाहरण हुन् भारत उत्तर प्रदेशका नीरज मौर्य। निरन्तरको प्रयास र परिश्रमबाट अहिले उनले एक विद्युतीय मोटरसाइकल बनाउन सफल भएका छन्।

भारतीय संचार माध्यम दैनिक जागरण अनुसार निरजले बनाएको मोटरसाइकल पूरा चार्ज भएको अवस्थामा ५० किलोमिटर सम्म गुड्छ। मोटरसाइकलमा उनले एक ब्याट्री राखेका छन्। जसलाई चार्ज गर्नुपर्ने हुन्छ।

ब्याट्रीबाट चल्ने मोटरसाइकल घरमै बनाएका निरजले त्यस सम्बन्धि कुनै पनि शिक्षा भने लिएका छैनन्। निरजका पिता एक सामान्य मेकानिक हुन्। उनका पिता खेति-किसानी सँग-सँगै स्थानीय रुपमा एक सामान्य मेकानिक पसल पनि संचालन गर्छन्।

निरजले एक मोटरसाइकल निर्माण गर्न चाहिने सामान्य ज्ञान त्यहिँबाट लिएका हुन्। करिब एक महिनाको अथक प्रयास पश्चात मोटरसाइकल निर्माण सम्पन्न भएको निरजको भनाई छ। मोटरसाइकल निर्माणको लागि आवश्यक सामग्रीहरु उनले देवी दुर्गाको मूर्ति बनाएर जम्मा गरेको उनी बताउँछन्।

निरजले निर्माण गरेको मोटरसाइकल ५० किलोमिटर सम्म कुद्न सक्छ भने अन्य सामान्य मोटरसाइकल सरह कुद्न सक्ने निरजको भनाई छ। त्यति मात्र नभई निरजले मोटरसाइकलमा रिभर्स गियर पनि राखेका छन्।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७१५:२२

आज वर्षकै सबैभन्दा छोटो दिन !