काठमाडौँ : नयाँ वर्ष आरम्भ हुन अब केही दिन मात्र बाँकी छ। नयाँ वर्षको आगमनमा मानिसहरुका मनमा केही नयाँ आशाहरु हुन्छन्। हामी सबैको लागि वर्ष २०२० निकै कठिनाईको साथ बितिरहेको छ। वर्ष २०२० सकिन लागेर नयाँ वर्ष सुरुवात हुन् लागिरहँद सबैको मनमा नयाँ वर्ष २०२१ कस्तो रहला भन्ने ख्याल आइरहेको छ। वर्ष २०२० को अन्तिम दिन देखि नयाँ वर्षको पहिलो बिहानीसम्म थुप्रै शुभ योगहरु बनिरहेका छन्। यी शुभ योगका कारण नयाँ वर्षको सुरुवात निकै खास हुने मानिएको छ।
सर्वार्थ सिद्धि योग
हिन्दु पञ्चाङ्ग अनुसार नयाँ वर्षको पूर्व सन्ध्यामा यसपटक सर्वार्थ सिद्धि योग बनेको छ। यो योग ३१ डिसेम्बर को सूर्योदय देखि १ जनवरीको सूर्योदयसम्म रहनेछ। सर्वार्थ सिद्धि योग अत्यन्तै खास मानिन्छ। यस दिन कुनै शुभ कार्य गरेमा त्यसको परिणाम अत्यन्तै शुभ आउने मान्यता छ। सर्वार्थ सिद्धि योग वर्षको पहिलो दिन नै हुनुले माता लक्ष्मीको कृपा दर्शाउँछ। यदि तपाईले वर्षभरी राम्रो कर्म गर्नुभएमा तपाईको घरमा लक्ष्मीको कृपा बनिरहन्छ।
अमृत सिद्धि योग
हामी सबैजना यस वर्षको अन्तिम दिन जब नयाँ वर्षको स्वागतको तयारीमा लागिरहेको हुन्छौँ त्यतिबेला अमृत सिद्धि योग बनिसकेको हुन्छ। जसले नयाँ वर्षको पूर्व सन्ध्यालाई अझ खास बनाउँछ। अमृत सिद्धि योग कार्यको सिद्धिको लागि अत्यन्तै खास मानिन्छ। यस वर्षको अन्तिम दिन बेलुका ७ बजेर ४९ मिनेट देखि १ जनवरी सूर्योदयसम्म अमृत सिद्धि योग उपस्थित रहनेछ। अमृत सिद्धि योगसँगै नयाँ वर्षको सुरुवात हुनुले अत्यन्तै शुभ सङ्केत दिएको छ। यस योगसँगै वर्षको आरम्भ हुँदा कोरोना जस्तो महामारीबाट संक्रमित तथा कोरोनासँग सम्बन्धित मानिसहरुले सुखद खबर सुन्न पाउने विश्वास छ। यस वर्ष यस भाइरसबाट बच्ने भ्याक्सिन बन्ने सम्भावना छ।
गुरु पुष्य योग
यस वर्षको अन्तिममा तेस्रो जुन सबैभन्दा शुभ योग बन्दै छ त्यो हो गुरु पुष्य योग । गुरु पुष्य योग सूर्य देवताको पूजाको लागि अत्यन्तै खास मानिन्छ। यस योगमा यदि तपाई आरोग्य प्राप्त गर्न चाहनुहुन्छ र वर्षभरी रोगहरुबाट दूर रहन चाहनुहुन्छ भने गुरु पुष्य योगमा सूर्यदेवलाई अर्घ्य दिनुहोला र पूजा गर्नुहोला। यसको साथै यस शुभ योगमा भगवान विष्णुको पूजा गर्नुलाई अत्यन्तै खास मानिन्छ। विष्णु भगवानलाई सृष्टिको पालक मानिन्छ। भगवान विष्णुको पूजाले तपाईको बिग्रिएका सम्पूर्ण कामहरु बनाउन सक्छ। गुरु पुष्य योग बेलुका ७ बजेर ४९ मिनेटदेखि १ जनवरी सूर्योदयसम्म रहनेछ।