गयराती भर्चुअल समारोह मार्फत फिफाको ‘द बेस्ट’ अवार्ड सम्पन्न भयो। बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की पुरुष तर्फको बेस्ट खेलाडी घोषित भए। ‘द बेस्ट’ अवार्ड जित्ने क्रममा लेवान्डोस्कीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो(दोस्रो) र बार्सिलोनाका लियोनल मेस्सी(तेस्रो) लाई पछि पारे।
अवार्ड समारोह सम्पन्न भएपछि फिफाले खेलाडीहरुले गरेको भोट सार्वजनिक गर्यो। फिफाले भोट सार्वजिक गरे लगत्तै भाइरल भयो लियोनल मेस्सी र रोनाल्डोको भोट। यस वर्षको उत्कृष्ट खेलाडीको रूपमा मेस्सीले आफ्ना पूर्व सहकर्मी पीएसजी स्टार नेइमारलाई भोट गरे भने दोस्रो स्थानमा पिएसजी कै किलियन एम्बाप्पेलाई भोट गरे।
उक्त अवार्डका विजेता लेवान्डोस्कीन भने मेस्सीको सूचीमा तेस्रोमा मात्र परे। २०१८ र २०१९ मा क्रिस्टियानो रोनाल्डोलाई टप ३ मा राखेका मेस्सीले यसपाली भने रोनाल्डोलाई भेट गरेनन्।
अर्कोतर्फ, पोर्चुगिज स्टार रोनाल्डोले भने पहिलो पटक मेस्सीलाई टप ३ मा राखे। रोनाल्डोले लेवान्डोस्कीलाई पहिलो, मेस्सीलाई दोस्रो र तेस्रो स्थानमा किलियन एम्बाप्पेलाई भोट गरे। रोनाल्डोले मेस्सीलाई भोट गरेको भने यो पहिलो पटक हो।
त्यस्तै, महिला तर्फको बेस्ट भने इंगल्याण्ड लुसी ब्रोन्ज घिषित भईन्।
फिफा द बेस्ट अवार्ड विजेता:-
बेस्ट मेन प्लेयर: रोबर्ट लेवान्डोस्की
बेस्ट वोमेन प्लेयर: लुसी ब्रोन्ज
वमन्स कोच: सरिना वेगम्यान
मेन्स कोच: योर्गन क्लप
वमन्स किपर: सारा बोहड़ी
मेन्स किपर: मानिएल नुएर