काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा स्पष्टिकरण दिनेक्रममा मन्त्री ढकालले कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका हुन्।
कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्वन्धमा सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे।
आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको मन्त्री ढकालले दावी गरे।
“यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरूद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु।”,उनले भने।
सहजीकरणका लागि नीतिगत हिसाबले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम बाहेक अन्य अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफूले नगरेको उनको दावी छ।
उनले भने,”यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु।”