भारतीय सेनामा यति नेपाली रहेछन् कार्यरत, बाहिरियो तथ्यांक !

काठमाडौँ – भारतका चिफ अफ डिफेन्स जनरल बिपिन रावतले नेपाल र भारत बीचको सम्बन्ध सधैं विशेष रहने बताएका छन्।

भारतको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज र नेपालको नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इग्गेजमेन्टले आयोजना गरेको वेबिनारमा बोल्दै रावतले भारत-नेपाल सम्बन्ध हिमालय जत्तिकै उच्च र विशेष रहने बताएका हुन्।

नेपाल र भारत बीचको सम्बन्ध हिमालय जत्तिकै उच्च र हिन्द महासागर जत्तिकै गहिरो रहेको उनले बताए। दुवै देशले आपसी सम्बन्धलाई प्रगाड बनाउन प्रयास गर्नुपर्ने उनको भनाई छ।

यस्तै रावतले सन् १९५० को नेपाल–भारत मैत्री सन्धिले नेपाललाई धेरै फाइदा भएको पनि बताएका छन्। सो सन्धि अनुसार नै अहिले भारतमा लाखौ नेपालीले रोजगार पाएको उनको दावी छ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि नेपाल–भारत सम्बन्धको आधार रहेको र सो सन्धिले दिएको प्रावधानका कारण नेपालीहरुले भारतमा भारतीय नागरिकले सरह सुविधा पाउने गरेका उनले बताए।

साथै उनले भारतीय सेनामा कार्यरत् गोर्खाहरुको भूमिका बारेमा पनि चर्चा गरेका छन्। जनरल रावतका अनुसार गोर्खा रेजिमेन्ट हाल ३२ हजार नेपाली कार्यरत छन् । भारतीय सेनामा ७ जीआर अन्तर्गतका ३६ बटालियन रहेको उनको भनाई छ।

नेपालीलाई इमान्दारिता, बफादारिता, मेहनत र भरोसाको रुपमा विश्वभर चिनिने भएकै कारण भारत, बेलायत र ब्रुनाईमा नेपालीहरुलाई मन पराइएको उनले बताए।

प्रकाशित : शुक्रबार, पुष ०३, २०७७२१:३९

“अरुले काम बिगार्ने तर गाली खाने हामी”