काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार जाने भएका छन्।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला ओली पहिलोपटक खुमलटार जान लागेका हुन्। ओली प्रधानमन्त्री भएपछि यसअघि खुमलटार गएका छैनन् । प्रधानमन्त्री भएपछि पहिलो पल्ट प्रचण्ड निवास खुमलटार जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।
पछिल्ला केहि महिना देखि दुई अध्यक्ष बीच चरम मतभिन्नता रही आएको छ। सरकारले यहि मंगलबार संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि विवाद झनै बढेको छ।
ओलीले अध्यादेश फिर्ता गर्ने बताएपनि अहिले सम्म अध्यादेश फिर्ता गर्ने कुनै पनि प्रक्रिया शुरु गरेका छन्। जस कारण प्रचण्ड-नेपाल समूह थप रुष्ट बनेको छ।
नेकपा अध्यक्ष ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएकाे थियाे। नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली बिहानको १० बजे खुमलटार जान लागेको पुष्टि गरे।