काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका हुन्।
प्रधानमन्त्री ओली बादललाई भेट्न पुल्चोकस्थित मन्त्री निवासमा पुगेको बताइएको छ। अहिले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीबीच छलफल जारी छ।
प्रचण्डलाई भेटेको केहि समयमै प्रधानमन्त्री गृहमन्त्रीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ। बादलसँगको छलफलमा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालपनि सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शनिबार बिहान करिब ११ बजे प्रचण्डलाई भेटन प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए। दुई अध्यक्ष बीचको भेटवार्ताका क्रममा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए।
ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद विस्तार गरेपछि बढेको अन्तरिक विवाद सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि झनै बढेको छ।
पार्टी भित्रबाट दबाव आएपछि ओलीले अध्यादेश फिर्ता गर्ने सहमति गरेका छन्। तर, अध्यादेश फिर्ता गर्ने प्रक्रिया बहने शुरु भइसकेको छैन। केहि दिन अगाडी मात्र ओलीले बामदेव गौतमलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्ने प्रस्ताव पार्टीको स्थायी कमिटि बैठकमा गरेका थिए। जस कारण ओलीको पछिल्लो दौडधुपलाई त्यस प्रस्तावसँग पनि जोडेर हेरिएको छ।