मेष राशि
प्रेम तथा वैवाहिक जीवनको सम्बन्धमा यस वर्षको सुरुवात मेष राशिको मानिसको प्रेम जीवनको लागि शुभ रहने छ। वैवाहिक जीवन सुखमय रहनेछ। जीवनसाथी बीच सद्भाव बढ्नेछ।
वृष राशि
परिवारमा मतभेद हुनसक्छ। प्रेम र विवाहको मामलामा यस वर्ष वृष राशिका राशिका लागि खास रहने छैन। केतुको विवाह भावमा हुने गोचरले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ।
मिथुन राशि
वैवाहिक र प्रेम जीवनको कुरा गर्दा शनिको गोचरले असर पार्ला। प्रेम जीवनको मामलामा यो वर्ष रोमान्सले भरिपूर्ण रहनेछ। वैवाहिक जीवन पनि अत्यन्त सुखमय रहनेछ। वर्षको अन्त्यमा प्रेम जीवनमा मनमुटाव हुनसक्छ।
कर्कट राशि
वैवाहिक जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। प्रेम जीवनको दृष्टिकोणबाट पानो दिन शुभ रहनेछ। प्रेम सम्बन्ध अझ बलियो र प्रगाढ हुनेछ।
सिंह राशि
यो वर्ष प्रेम र विवाहको मामलामा मिश्रित रहनेछ। वैवाहिक जीवनमा मदभेद रहन सक्छ। प्रेम जीवन तपाईंको लागि सकारात्मक रहनेछ। यदि तपाईं कसैलाई प्रेम गर्नु हुन्छ भने मे महिना भन्दा पहिला व्यक्त गर्नुहोस्।
कन्या राशि
वर्षको सुरुमा वैवाहिक जीवन निकै सुखमय रहनेछ। तर मध्यतिर मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। जसको कारण मानिसक तनाब बढ्नेछ। तर वर्षको अन्त्यमा सबै समस्या समाधान हुनेछ। प्रेम सम्बन्धमा मधुरता रहनेछ।
तुला राशि
वैवाहिक तथा प्रेम जीवनको हिसाबले यो वर्ष शुभ रहनेछ। प्रेम तथा विवाहको मामलामा पनि वर्ष सकारात्मक रहनेछ। प्रेमी-प्रेमिकासँग निकटता बढ्नेछ। साथै रमणीय यात्रामा जाने मौका पनि मिल्नेछ।
वृश्चिक राशि
प्रेम तथा वैवाहिक जीवनको कुरा गर्दा यो वर्ष सामान्य रहनेछ। दाम्पत्य जीवनको हिसाबले यो वर्ष सामान्य रहनेछ। वर्षको मध्यमा वैवाहिक जीवनमा मनमुटाव हुनसक्छ। प्रेम जीवनको लागि वर्ष सकारात्मक रहनेछ। प्रेमीसँग झगडा भएपनि प्रेम बढ्नेछ।
धनु राशि
प्रेम जीवनको लागि यस वर्ष सफल रहनेछ। यदि तपाईं एकल हुनुहुन्छ भनेपनि तपाईंको जीवनमा प्रेमीको आगमन हुनेछ। वैवाहिक जीवनमा जीवनसाथी बीच तनाब बढ्नसक्छ जजसको कारण मनमुटावको स्थिति सिर्जना होला।
मकर राशि
वावाहिक जीवनमा वर्षको सुरुवातमा मदभेदको स्थिति उत्पन्न हुनसक्छ। तर समयसँगै परिस्थिति अनुकूल हुनेछ। प्रेम जीवनको कुरा गर्दा यस वर्ष निकै शुभ रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। प्रेमी-प्रेमिका बीच सद्भाव बढ्नेछ।
कुम्भ राशि
वैवाहिक जीवनमा विभिन्न समस्याको सामना गर्नुपर्नेछ। वर्षको सुरुमा वैवाहिक जीवनमा मदभेद उत्पन्न हुनसक्छ। समयसँगै परिस्थितिमा सुधार हुँदै जानेछ। प्रेम जीवन पनि मिश्रित रहनेछ।
मीन राशि
वैवाहिक सम्बन्धमा मधुरता आउनेछ। जीवनसाथीसँग विदेश यात्राको सम्भावना पनि छ। प्रेम जीवनका लागि पनि यो वर्ष शुभ रहनेछ। प्रेम जीवनमा सुमधुरता छाउनेछ।