मेष राशि
मेष राशिका व्यक्तिका लागि उनीहरूको आर्थिक अवस्था गत वर्षको तुलनामा यस वर्ष अझ राम्रो हुनेछ। शनिको गोचर राशिको अष्टम भावमा मकर राशिमा हुनाले शनिको दृष्टि धन भावमा हुनेछ, जसले आय बढ्नेछ भने खर्च कम हुनेछ। यस वर्ष कसैलाई ऋण दिएको पैसा फिर्ता आउनेछ।
वृष राशि
आर्थिक दृष्टिकोणबाट वर्ष २०२१ मिश्रित हुनेछ। वृष राशिका मानिसमा २०२१ मा राहुको गोचरको प्रभावका कारण यस राशिका यो वर्ष केहि भ्रममा रहनेछन् जसको कारण आर्थिक निर्णय बारम्बार परिवर्तन हुनेछ। कार्यक्षेत्रमा बाधा आउँदा आयमा कमी आउनेछ। अप्रिल महिनापछि आकस्मिक धन लाभको सम्भावना छ।
मिथुन राशि
तपाईंले यस वर्ष आफ्नो खर्चको अधिक ध्यान दिनुपर्नेछ। मार्चपछि मिथुन राशिको आर्थिक स्थिति पहिले भन्दा राम्रो हुनेछ। यदि तपाईं कुनै ठूलो लगानी गर्न चाहानुहुन्छ भने, यस वर्ष सावधान रहनुहोला। यस वर्ष घर वा सवारी साधन लिने सपना पूरा हुनेछ। बुबाबाट आर्थिक सहयोग मिल्नसक्छ।
कर्कट राशि
धनको मामलामा मानसिक तनाव बढ्नसक्छ। त्यसैले, खर्च गर्दा सावधान रहनुहोस्। मार्च महिनादेखि भने अचानक धन निवेशको योग बन्नेछ। यस्तो अवस्थामा तपाईंको आर्थिक अवस्था वर्षभरि मिश्रित रहनेछ। मे महिनापछि अत्यधिक खर्च हुने सम्भावना देखिन्छ। वर्षको अन्त्यमा, तपाईंको वित्तीय स्थिति बलियो हुन शुरू हुन्छ।
सिंह राशि
आर्थिक हिसाबले सिंह राशिका लागि यो वर्ष धेरै शुभ रहनेछ। रोकिएका कार्य सम्पन्न हुनेछन्। जग्गा, जमीनमामा लगानी गर्दा राम्रो लाभ मिल्नेछ। कामको बोझ बढ्नेछ। मे देखि अक्टोबरको महिनामा कुनै ठुलो लगानीको बारेमा नसोच्नुहोस्। अन्त्यथा, घाटा हुने सम्भावना उच्च छ। आर्थिक अवस्था वर्षको अन्तिम महिनाहरूमा अझ राम्रो हुँदै जानेछ।
कन्या राशि
यस वर्ष कन्या राशिका मानिसको आर्थिक स्थिति पहिले भन्दा मजबूत हुनेछ। वर्षको बीचमा जमिन तथा घर किन्नु तपाईंको लागि लाभदायक हुनेछ। व्यापारमा नाफा र दिएको ऋण फिर्ता आउनाले तपाईंको आर्थिक अवस्थालाई अझ राम्रो बनाउँदछ। अक्टोबर महिनादेखि आर्थिक लाभको राम्रो सम्भावना छ। व्यर्थको खर्च पनि हुनसक्छ।
तुला राशि
आर्थिक हिसाबले वर्षको सुरुवात राम्रो हुनेछ। आयका साथै खर्च मा पनि वृद्धि हुनेछ। तपाईंको वित्तीय स्थिति पहिले भन्दा राम्रो हुनेछ। मे महिनापछि नयाँ सवारी साधनहरु खरिद गर्ने सपना पनि यस वर्ष पूरा हुनेछ। नयाँ साइट निर्माण गर्न वर्षको बीचमा पैसा खर्च हुनसक्छ।
वृश्चिक राशि
यस वर्ष तपाईंको आर्थिक स्थिति निकै मजबूत हुनेछ। तर तपाईंको आर्थिक स्थिति केहि कमजोर हुनेछ। अनावश्यक खर्च नगर्नुहोस्। यस समयमा शेयर बजारमा कुनै पनि किसिमको लगानी गर्नबाट जोगिनुहोस्। कतैबाट आर्थिक मद्दत हुन मिल्नसक्छ वा पैतृक सम्पत्तीबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापारमा लगानी गर्नको लागि यो वर्ष सबै भन्दा राम्रो समय हो।
धनु राशि
धनु राशिका व्यक्तिहरूले धन कमाउन वर्षभर कडा परिश्रम गर्नुपर्नेछ, त्यसपछि मात्र सफलता प्राप्त हुनेछ। कुनै ठाउँमा धन निवेश गर्नु परेमा राम्रोसँग सोच बिचार गरेर मात्र निर्णय लिनुहोला। परिवारमा खर्च बढ्नाले मानसिक तनाब बढ्नसक्छ। वर्षको अन्त्यमा आकस्मिक धन लाभ मिल्ने सम्भावना छ।
मकर राशि
वर्ष २०२१ आर्थिक हिसाबले हेर्दा निकै उतार-चढाव रहनेछ। अनावाश्यक खर्च बढ्नेछ। यस वर्ष पैतृक सम्पत्तिको बारेमा परिवारका सदस्यहरुसँग बहस हुनसक्छ। तपाईंले आयका लागि कडा परिश्रम गर्नुपर्दछ, त्यसपछि मात्र केहि लाभ प्राप्त गर्नुहुनेछ। आफ्नो आवश्यकताहरू पूरा गर्न ऋण लिने आवश्यकता पर्न सक्छ।
कुम्भ राशि
आर्थिक हिसाबले यो वर्ष शुभ रहनेछ। आयमा वृद्धि हुनेछ। व्यापारमा लाभ मिल्नाले आर्थिक स्थिति मजबूत हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नको लागि वर्ष शुभ हुनेछ। पुरानो लेनदेनबाट धन प्राप्त हुनेछ जसको आर्थिक अवस्थालाई पहिलेको भन्दा बलियो बनाउनेछ। यस वर्ष भूमि र शेयर बजारमा लगानी नगर्नुहोस्।
मीन राशि
आर्थिक हिसाबले वर्षको सुरुवात मीन राशिका मानिसको लागि सामान्य हुनेछ। तपाईले यस वर्ष तपाईको खर्च कम गर्नुपर्नेछ। २०२१ मा आर्थिक नाफाको योग पनि देखिन्छ। जग्गा-जमीनमा निवेश गर्नाले लाभ मिल्ने सम्भावना छ। आकस्मिक धन लाभ पनि मिल्नसक्छ।