सोमबार यस विधि अनुसार गर्नुहोस् शिवजीको पूजा, पूरा हुनेछ सबै मनोकामना !

सोमबारको भगवान शिवको अत्यन्त प्रिय दिन हो । त्यसैले पनि उनको पूजा र व्रत सोमबार गरिन्छ। धार्मिक मान्यताका अनुसार सोमबारलाई विशेष दिन मानिन्छ। सोमबार शिवको पूजा गर्दा केहि उपाय गर्नु धेरै फलदायी हुन्छ। सोमबार शिवको पूजा गर्न के उपायहरू गर्नुपर्छ त ? जान्नुहोस्:

सोमबारको दिन सच्चा मनले भगवान शिवको पूजा गर्यो भने सबै दुख-कष्ट टाढा हुने र मनोकामना पूरा हुने विश्वास रहेको छ। सोमबार बिहान चाँडै उठेर स्नान गरि भगवान शिवको पूजा गर्दा शिव जी प्रशन्न हुनेछ ।

चन्दन, अक्षता, बेल पत्र, धतुरो, दूध, गंगाजल भोले नाथलाई अर्पण गर्नुहोस्। यी चीजहरू महादेवको धेरै प्रिय हुन्। भगवान शंकरलाई यी चीजहरू चडाउदा शिव जी छिटै प्रसन्न हुन्छन्। यसो गर्नाले सधैं शिव जीको कृपा रहिरहन्छ।

सोमबार भगवान शिवलाई घीउ, चिनी, गहुँको पीठोबाट बनेको प्रसाद अर्पण गर्नुहोस्। त्यसपछि धूप, बत्ती सहित आरती गर्नुहोस् र प्रसाद वितरण गर्नुहोस्।

सोमबार १०८ पटक महामृत्युंजय मन्त्र जप गर्नुहोस्। यसो गर्दा  शिव को भक्तहरु मा विशेष आशीर्वाद रहन्छ। सोमबार शिवलिंगमा गाईको काँचो दुध चडाउदा तपाईंमा सधैं शिव जीको कृपा रहिरहन्छ।

महामृत्युंजय मन्त्र

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||

प्रकाशित : आइतबार, पुष ०५, २०७७२१:२९

ग्रहचक्रमा आज ७९४ वर्षपछि बन्दैछ यस्तो संयोग !