काठमाडौँ : बलिउड फिल्ममा छ न त धेरै फिल्म निर्देशक छन्। तर कमर्शियल या मसाला फिल्म बनाउने मामिलामा फराह खानको नाम सबैभन्दा अगाडी आउँछ। कोरियोग्राफरबाट निर्देशक बनेकी फराहले मैं हूं ना(२००४), ओम शान्ति ओम(२००७), तीस मार खान(२०१०) र ह्याप्पी न्यु ईयार(२०१४) बनाकी छिन्। जसमध्ये तीस मार खान बाहेक सबै हिट भएका थिए। यसको बाबजूद पछिल्लो ६ वर्षमा फराहले कुनै पनि फिल्म बनाएकी छैनन्।
फराहको फिल्म तीस मार खानको रिलिजको क्रममा तीव्र आलोचना भएको थियो। त्यसपछि ह्याप्पी न्यु ईयरले बक्स अफिसमा सफलता हासिल गरे पनि फिल्म समीक्षकले मजाक उडाएका थिए। त्यसपछि फराहको प्रिय हिरो शाहरुख खान पनि उनीबाट टाढिए।
पछिल्लो केही वर्ष देखि फराह अमिताभ बच्चन अभिनित फिल्म सत्ते पे सत्ता(१९८२) को रिमेक बनाउने तयारीमा जुटेकी थिईन्। यस फिल्मलाई राज एन. सिप्पीले निर्देशन गरेका थिए। सत्ते पे सत्तामा फराह ऋतिक रोशनलाई लिनेवाला थिईन्। ऋतिकले फराहलाई महिनौँसम्म जवाफ दिईनन्। ऋतिकले फराहलाई लामो समयसम्म निर्णय सुनाएनन्। ऋतिकले आफ्नो कुरालाई लगातार टालेपछि फराहले ऋतिकले यो फिल्ममा काम गर्न नरुचाएको कुरा बुझे।
त्यसपछि फराहले अक्षय कुमारलाई यो फिल्म खेल्न प्रस्ताव राखिन् तर अक्षयले पनि उनको प्रस्तावलाई अस्वीकार गरिदिए। जबकि उनले फराहको फिल्ममा पहिले पनि काम गरिसकेका थिए। अन्तत: फराहले शाहरुख खानलाई फिल्म खेल्न प्रस्ताव राखे तर शाहरुखले उनको प्रस्तावलाई सिधै अस्वीकार गरे। शाहरुख खान करियरको यस्तो मोडमा छन् जहाँ उनलाई एक हिट फिल्मको अत्यन्तै जरुरत छ र यस्तो अवस्थामा फराह जस्तो निर्देशकसँग फिल्म गरी जोखिम मोल्ने हालतमा छैनन्।
खबर अनुसार फराहले सत्ते पे सत्ताको रिमेक बनाउने सोच नै त्यागेकी छिन्। उनीसँग अहिले सम्भवत: कुनै पनि ठुला चर्चित कलाकार काम गर्न चाहदैनन्। फराह जुन खाले फिल्म बनाउँछिन् त्यस्तो फिल्म अहिले दर्शकले खासै मन पराउँदैनन्।
सत्ते पे सत्ता फिल्मको रिमेक नबन्नुको अर्को कारण पनि छ। सत्ते पे सत्ता ‘सेवेन ब्राइड्स फर सेवेन ब्रदर्स’ को अनअफिसियल रिमेक हो। त्यतिबेला कपिराइटको नियमलाई ध्यान दिईदैन्थ्यो। तर अहिलेको अवस्था बिल्कुलै फरक छ। यदि फराह सत्ते पे सत्ताको रिमेक बनाउन चाहन्छिन् भने विदेशी चलचित्रकर्मीबाट राइट्स खरिद गर्नुपर्ने हुन्छ। जसको कारण यो मामिला उल्झनमा परेको छ।