“तीन वर्ष अगाडी जनताले नेकपालाई दिएको जनमतको वैधता सकियो”

काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि सामाजिक संजाल मार्फत टिप्पणी गर्दा सांसद समेत रहेका थापाले यस्तो बताएका हुन्।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान राखिएको उल्लेख गर्दै थापाले ओलीले उठाएको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन्।

“संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।”,थापाले ट्वीटर मार्फत टिप्पणी गरेका छन्।

संसद विघटन गर्ने निर्णय माथि संवैधानिक व्याख्या हुने भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने सकिएको थापाको भनाई छ।

थापाले ट्वीटरमा थप लेखेक छन्,”यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।”


ओलीले संविधानको धज्जी उडाएको बाबुरामको आरोप, सबैतिरबाट प्रतिबाद गर्न आह्वान !

बालुवाटारमा प्रचण्ड, ओलीले भेट्न मानेनन् !

प्रकाशित : आइतबार, पुष ०५, २०७७१२:१७

कोरोना महामारी पश्चात पहिलोपटक भक्तजनका लागि खुल्यो बूढानीलकण्ठ मन्दिर !