पाँच जना मन्त्रीले आजै राजिनामा दिने ! को-को?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको तयारी गरेपछि ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

पार्टी भित्र चलिरहेको विवाद साम्य हुने अवस्था नदेखेपछि ओलीले संसद विघठनको सिफारिस गरेसँगै पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका हुन्।

राजिनामा दिने तयारीमा रहेकाहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन्। राजिनामा दिने सम्बन्धमा मन्त्रीहरु आन्तरिक छलफलमा जुटेको बताइएको छ।

प्रचण्ड निकट मन्त्रीहरुले राजिनामाको तयारी गरेपनि माधव नेपाल पक्षका मन्त्रीहरुले भने राजिनामा दिने तयारी गरिसकेको स्पष्ट जानकारी छैन। बताइएअनुसार माधव नेपाल पक्षका मन्त्रीहरु यस सम्बन्धमा छलफल गरिरहेका छन्। उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने तयारी गरेका छन्।

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले देशैभर प्रदर्शन गर्ने

पार्टी भित्र चलिरहेको विवादका कारण संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेसँगै ओलीको सर्वत्र आलोचना भएको छ। ओलीले संविधान विरुद्ध कदम चालेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरुले ओलीको आलोचना गरेका छन्।

ओलीके उठाएको कदमको पार्टी भित्रै पनि विरोध भएको छ। सरकारले संसद विघटनको प्रस्ताव गरेपछि अध्यक्ष पुष्ककमल दाहाल‘ ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठनका नेताहरुले देशैभर प्रदर्शन गर्ने भएका छन्।

पाँच वर्षे कार्यकालका लागि जनताबाट निर्वाचित भएको सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शनको घोषणा गरेका हुन्।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङका अनुसार काठमाडौ उपत्यकामा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदैछ। उपत्यका बाहिर पनि प्रदर्शन हुने उनले बताए।

प्रकाशित : आइतबार, पुष ०५, २०७७१४:१८

राष्ट्रपतिद्वारा संसद विघटन भएको घोषणा, वैशाख १७ र २७ गते निर्वाचन हुने !