“पार्टी एकता भंग भयो”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले कडा कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएको बताएका छन्।

चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै नेता बस्नेतले बाध्य भएर ओलीले संसद विघठन गरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेको विषयलाई बस्नेतको समर्थन छ।

ओली निकट रहेका बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएपछि ओलीले संसद विघठन गर्ने निर्णय गरेको बताए।

आफ्नै पार्टीका नेताहरुले देशी विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र गरेको उनले आरोप लगाए। पार्टी भित्रको कलह मिलाउन नसकेपछि जनता समक्ष जानुपर्छ भनेर ओलीले संसद विघठन गरेको उनको भनाई छ।

“आफ्नै पार्टीका नेताहरुले देशी विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र, नकारात्मक भूमिका भएका शक्तिहरु संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो ।”मनेता बस्नेतले भने,”यो उहाँको बाध्यात्मक कदम हो”

साथै नेता बस्नेतले पार्टी एकताको आधार लगभग सकिएको पनि टिप्पणी गरेका छन्। पार्टी एकता भंग भएको जस्तै देखिएको उनले बताए। अब एमाले र माओवादी छुट्टा-छुट्टै अगाडी बढ्ने उनले सङ्केत गरे।

प्रकाशित : आइतबार, पुष ०५, २०७७१६:३१

यी दुई मन्त्री बाहेक प्रचण्ड-माधव समूहका ७ मन्त्रीले दिए सामूहिक राजीनामा !