“विद्यादेवी भण्डारी नेपाली जनताका राष्ट्रपति रहिनन्, ओली ग्याङकी सदस्य मात्र रहिन”

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा थापाले नेकपाको झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार नेपाली जनता र संसद भएको बताएका हुन्।

“हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।”,थापाले भने।

संसद विघटन गर्ने अवस्था नआओस् भनेर संविधानमा व्यवस्था गरिएको भएपनि ओलीले संविधान खिलाफ गएर कदम उठाएको थापाले आरोप लगाए।

यस्तै पूर्वमन्त्री समेत रहेका थापाले राष्ट्रपतिको भूमिका माथि पनि प्रश्न उठाएका छन्। नेता थापाले आजदेखि राष्ट्रपति भण्डारी प्रधानमन्धत्री केपी ओलीको ग्याङ्गको सदस्य मात्रै रहेको बताए।

“राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।”,उनले भने,”सार्वभौम संसदविरुद्ध अपराध गराउँछिन् भने उनले राष्ट्रपति हुने नैतिकता राख्दिनन्। संविधानविरुद्धका अपराध गर्ने अपराधीलाई अब सडकबाट ठीक लगाउँछौं। यो व्यवस्थाविरुद्ध उत्रिएका राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई तह लगाउनुपर्छ।”

प्रकाशित : आइतबार, पुष ०५, २०७७२१:००

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर