प्रेमीलाई आफ्नो नियन्त्रणमा राख्न गर्थिन यस्तो हर्कत, खुलासा हुदा उड्यो सबैको होस!

भारतको उत्तर प्रदेशको कानपुरमा एउटा आश्चर्यजनक घटना अगाडी आएको छ। कानपुरको पनकी भन्ने ठाउँमा एक युवती आफ्ना प्रेमीलाई आफ्नो नियन्त्रणमा राख्नको लागि तन्त्र साधना प्रयोग गर्ने गरेको खुलासा भएको छ। उक्त घटनाको खुलासा भए लगत्तै पुलिसले उक्त महिला र एक पुरुष तान्त्रिकलाई पक्राउ गरेको छ।

उक्त महिलाले बान्दा निवासी एक तान्त्रिकसँग ५ हजार रुपैयाँमा एक नर्मुन्द खरिद गरेको खुल्न आएको छ। जब पूजा असफल भयो उनले नर्मुन्द फाल्दिएको पुलिसले जनाएको छ। दुबैले विगत तीन वर्षदेखि तन्त्र-मन्त्र गरिरहेका थिए। काँसीराम कोलोनी पनाकी निवासी गीता नामक उक्त महिलाका पतिको मृत्यु भइसकेको एसपी डा. अनिल कुमारले जानकारी दिए।

दुई बच्चाकि आमा गीताले करिब ३ वर्ष अगाडी बान्दास्थित रेउनाका तान्त्रिक राम मनोहरलाई भेटिन्। राम मनोहरले तन्त्र-मन्त्र गरेर जोसुकैलाई पनि आफ्द्नो नियन्त्रण गर्न सक्ने कुरा बताएपछि गीताले आफ्ना प्रेमीलाई नियन्त्रण गर्ने योजना बनाइन्।

गीताले राम मनोहरसँग ५ हजारमा नर्मुन्द खरीद गरेर घरमा पूजा समेत गराइन्। राम मनोहरले पूजाका लागि थप पाँच हजार रूपैयाँ पनि लिएका थिए। एसपीका अनुसार ती महिला गत तीन वर्षदेखि तन्त्र-मन्त्र गर्दै आएकी थिइन्। तर उनको यो प्रयास सफल भने भएन। हाल, गीता र राम मनोहर दुबै जना पुलिस हिरासतमा छन्।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१८:०८

छोरी जन्माइन्, तर छोरीलाई काखमा राख्न नपाई संसार बाटै विदा भइन् !