दुध पिए लगत्तै पानी पिउनु हुन्छ हानिकारक ?

दुध पिउनु निकै स्वस्थ मानिन्छ। दुधलाई पूर्ण आहार भनिन्छ। यसले हाम्रो स्वास्थ्यलाई थुप्रै फाइदा पुर्याउँछ। तर यो हानिकारक पनि हुनसक्छ यदि दुध पिउनु लगत्तै यस्ता केहि चिजको सेवन गर्यो भने, जस्तै; पानी, अमिलो चिज। यदि तपाईंले एक गिलास तातो दुध पिउनासाथ पानी पिउनुहुन्छ भने यसले तपाईंको पेट खराब गर्न सक्छ र पाचन क्रियामा नकारात्मक प्रभाव पार्न सक्छ। यसको बारेमा थाहा पाउनुहोस्…..

दुधपछि पानी नपिउनुहोस् 

यदि तपाईं एक गिलास तातो दुध पछि पानी पिउनुहुन्छ भने, यसले तपाईंको पेट खराब गर्न सक्छ र पाचनमा नराम्रो प्रभाव पार्न सक्छ। धेरै मानिसहरू भन्छन् कि पानी पिइसकेपछि दुध पिउन हुन्छ तर दुध पिइसकेपछि पानी पिउनु हानिकारक हुन्छ। दुधपछि तुरुन्तै पानी पिउँदा दुधको शक्ति कम हुन्छ र दुध पिनुको कुनै फाइदा हुँदैन।

मेटाबोलिजम हुनसक्छ खराब 

यदि तपाईंले दुध पिएपछि तुरुन्तै पानी उपभोग गर्नुभयो भने तपाईंको मेटाबोलिक प्रक्रिया सुस्त हुनसक्छ। दुधमा रहेको प्रोटीनले पेटमा एसिडिटी उत्पन्न गर्नसक्छ।

खानापछि तुरुन्त नपिउनुहोस् दुध 

खाना खाए लगत्तै दुध पिउँदा फुड पोइजनिंग, ग्यास, अपच, बान्ता, पेट दुखाइ जस्ता समस्याहरू निम्त्याउन सक्छ। यो किनभने नुन र तेलमा बनाइएको खाना र दुध एक विवादास्पद प्रकृतिका हुन्।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१६:४०

दैनिक रूपमा गर्नुहोस यस चिजको सेवन, २० दिनमा ५ किलोसम्म वजन घट्छ !