शनिबार राति पार्मा विरुद्ध गरेको २ गोलसँगै युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड कायम गरेका छन्। पार्मा माथि ४-० को सहज जित निकाल्ने क्रममा रोनाल्डोले २ गोल गरे। योसँगै उनी सेरी-ए मा क्यालेन्डर वर्षमा कम्तिमा ३३ गोल गर्ने मात्र चौंथो खेलाडी बनेका छन्।
रोनाल्डोले युभेन्टसको जितमा दुबै हाफमा एक-एक गोलो गरे। जितसँगै युभेन्टसको १३ खेलबाट २७ अंक भएको छ। शिर्ष स्थानको एसी मिलानको १२ खेलबाट २८ अंक छ भने दोस्रो स्थानको इन्टरको १२ खेलबाट २७ अंक छ। युभेन्टस भने तेस्रो स्थानमा छ।
रोनाल्डोले पूर्व युभेन्टस फरवार्ड ओमर सिभोरीको ५९ वर्षीय रेकर्ड बराबरी गरेका हुन्। सन् १९६१ मा सिभोरीले युभेन्टसका लागि एक क्यालेन्डर वर्षमा ३३ गोल गरेका थिए। यो एक क्यालेन्डर वर्षमा तेस्रो सबैभन्दा बढो गोल गर्ने रेकर्ड हो। यो भन्दा बढी एकै वर्षमा गुनर नोर्डाल १९५० मा ३६) र फेलिस बोरेल (१९३३ मा ४३) गोल गरेका छन।