दुई दिन घटबढ नभएको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – दुई दिन लगातार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको छ। शुक्रबार र आइतबार दुई दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ९ सय रुपैंया बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय कायम भएको छ। यस अगाडी आइतबार र शुक्रबार छापावाला सुन प्रतितोला रु ९४ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै सोमबार तेजाबी सुनको मूल्य भने तोलामा ८ सय ५० रुपैंयाले बढेको छ। जससँगै सोमबार तेजाबी सुनको मूल्य ९४ हजार ७ सय रुपैंया कायम भएको छ।

यस अगाडी आइतबार र शुक्रबार तेजाबी सुन ९३ हजार ८ सय ५० मा कारोबार भएको थियो। सुनको मूल्य पुस महिना लागे देखिनै बढिरहेको छ। पुस महिना लागेपछि सुनको मूल्य तोलामा २ हजार १ सय रुपैंयाले बढिसकेको छ।

चाँदीको मूल्य

सोमबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीको मूल्य तोलामा ४० रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय २० कायम भएको छ।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१२:३३

प्रचण्ड माथि बस्नेतको कडा प्रहार ! भने – ‘आउँदो चुनाव पछि प्रचण्डको हैसियत हेरौंला’