प्रचण्ड माथि बस्नेतको कडा प्रहार ! भने – ‘आउँदो चुनाव पछि प्रचण्डको हैसियत हेरौंला’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले कारवाही गर्न नसक्ने बताएका छन्।

संसद विघठन गरेपछि आइतबार बसेको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको विषयमा टिप्पणी गर्दै नेता बस्नेतले यस्तो बताएका हुन्।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाहुनाको संज्ञा दिएका छन्। पार्टीमा पाहुना लाग्न आएका प्रचण्डले घरमुली(ओली)लाई कारवाही गर्न नमिल्ने नेता बस्नेतको टिप्पणी छ।

“घरमा पाहुना लाग्न आएका व्यक्तिले छोराछोरीमध्येको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरेबापत घरधनीलाई घरबाट निकालेको जस्तै नौटंकी हो। यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र”,प्रचण्ड बारे टिप्पणी गर्दै बस्नेतले भनेका छन्।

के पी ओलीले कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पुर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही गर्ने कुरालाई नेता बस्नेतले बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन भनेका छन्। साथै बस्नेतले उनले कारबाही कसले कसलाई गर्छ समयले बताउने पनि बताएका छन्।

“के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्षपछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्वाही रे! विश्वको सबैभन्दा ठूलो प्रहसन मञ्चन हुदैछ। चार्ली चाप्लिङ्ग माथ खाने भए अब। आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला।”,बस्नेतको टिप्पणी छ।

प्रकाशित : सोमबार, पुष ०६, २०७७१३:०५

पार्टी फुट्ने-नफुट्ने बारे प्रचण्डको स्पष्ट भनाई !