खेल बीचमै फुटबलरले विपक्षी खेलाडीको अनुहारमा थुकेपछि…(भिडियोसहित)

बोरूसिया मोनशेनग्लाबाख(Borussia Mönchengladbach) का स्ट्राइकर मार्कस थुरमलाई  बुन्डेसलिगा(Bundesliga) फुटबल टुर्नामेन्टको बीचमा होफेनहीम(Hoffenheim) टिमका खेलाडीको अनुहारमा थुकेको अभियोगमा पाँच म्याचको लागि प्रतिबन्ध लगाईएको छ।

जर्मन फुटबल महासंघले सोमबार दिएको आधिकारिक जानकारी अनुसार यो प्रतिबन्ध जर्मन कप र बुन्डेसलिगामा लागू हुनेछ। थुरमलाई एक गेमको निलम्बित प्रतिबन्ध पनि रहनेछ, जुन २१ डिसेम्बर २०२१ सम्म राम्रो व्यवहारको शर्तमा निर्भर रहनेछ।

ट्याकलको विवाद भएपछि थुरमले डिफेन्डर स्टिफन पोशको अनुहारमा थुकेका थिए। रेफ्री फ्रांक विलेनबर्गले भिडियो हेरेपछि थुरमलाई मैदान बाहिर पठाए र पोशलाई पहेलो कार्ड देखाए। होफेनहीमले शनिबार भएको यो खेल २-१ को अन्तरले जित्यो।

महासंघले सोमबार थुरमलाई ४० हजार युरो(५० हजार अमेरिकी डलर) जरिवाना तिर्न भनेको छ। मोनशेनग्लाबाखले पहिले नै फ्रान्सका थुरमलाई एक महिनाको पारिश्रमिकको जरिवाना तोकिसकेको छ, जुन सामाजिक कार्यको लागि दान गरिनेछ।

भिडियो :

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१७:४९

मेस्सीले फेरी दिए बार्सिलोना छाड्ने संकेत