कतिपय मानिसहरू जाडो मौसममा चायाँ पर्ने समस्याबाट व्याकुल हुन्छन्। किनभने यस समयमा शरीरमा छिटै सुख्खापन बढ्छ, जसले गर्दा छालाको कोष मरेर झर्न थाल्छ। जब यो समस्या टाउकोको छालामा हुन्छ यसलाई चायाँ भनिन्छ।
यदि तपाईं यस समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने निम्न उल्लेखित तरिकाले घरमै हर्बल तेल तयार गरेर प्रयोग गर्न सक्नुहुनेछ।
सामग्री
एक कप तोरीको तेल
आधा कप जैतुन तेल
सात वटा ताजा अमला
तयार गर्ने तरिका
सबैभन्दा पहिले कराई ग्यासमा तताउनुहोस्। कराई तातिसकेपछि तातो कराईमा तोरीको तेल हाल्नुहोस्। केहि समयपछि यसमा जैतुन तेल मिलाएर राम्रीसँग मिक्स गर्नुहोस्। अब यसलाई २ मिनेटको लागि त्यसै तातोमा छोड्नुहोस्। तेलमा आमला हाल्नु अघि यसलाई राम्रोसँग धुनुहोस्। यस पछि, हल्का फोर्क वा चक्कुको सहायताले त्यसलाई छेद गर्नुहोस्, ताकी यसमा ठाउँ-ठाउँमा प्वालहरू बनोस् जसले गर्दा अमलामा तेल सजिलै प्रवेश गर्न सकोस्। २० मिनेटको लागि तेलमा अमला पकाउनुहोस्। त्यसपछि उक्त तेललाई सेलाउन दिनुहोस्।
यसरी प्रयोग गर्नुहोस्
जब तेल सेलाउँछ यसलाई छानेर एउटा भाँडोमा राख्नुहोस् ताकि प्रयोग गर्न सजिलो होस्। राति सुत्नु अघि यो तेलले कपालको जरा मालिश गर्नुहोस् र बिहान उठेर श्याम्पू गर्नुहोस्। हप्तामा ३ पटक यो तेल प्रयोग गर्नाले तपाईंको कपालमा चायाँ त कम हुन्छ नै यसले कपाल झर्ने समस्या पनि कम गर्छ।