मंगल राशि परिवर्तन: यी ४ राशि हुनेहरुको लागि हुनेछ धेरै अशुभ !

२४ डिसेम्बरको दिन मंगल ग्रह आफ्नो स्वराशि मेषमा प्रवेश गर्नेछ। मेष राशिमा मंगल २२ फेब्रुवरीसम्म अवस्थित रहनेछ। मेष र वृश्चिक राशिका स्वामी मंगल कर्कट राशिमा नीच र मकर राशिमा उच्च मानिन्छ।

मेष राशिमा मंगल ग्रहको गोचर केहि राशिका लागि शुभ हुनेछ भने केहि राशिको लागि अशुभ रहनेछ। मंगलको यो राशि परिवर्तन यी चार राशिका मानिसको लागि अशुभ रहनेछ।

वृष राशि 

मंगलको गोचह्र यस राशिका मानिसको लागि अनुकूल रहने छैन। यस अवधिमा तपाईंलाई लडाई-झगडाबाट टाढा रहन सल्लाह दिइन्छ। ध्यानपूर्वक यात्रा गर्नुहोस् र चोरी नहुनबाट बच्नुहोस्। गोप्य दुश्मनहरूका षडयन्त्रबाट बच्नुहोस्। यस अवधिमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्।

कन्या राशि 

मंगल ग्रहको राशि परिवर्तन तपाईंको लागि अशुभ रहनेछ। यस अवधिमा तपाईं कार्यक्षेत्रमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। कानुनी तथा अदालतको मामलाबाट टाढा नै रहनुहोला। स्वास्थ्य बिग्रन सक्छ। दुर्घटनाको योग रहेको हुँदा वाहन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। विद्यार्थीहरूले सफलताको लागि कडा परिश्रम गर्नु पर्नेछ।

तुला राशि 

मंगल ग्रहको राशि परिवर्तन तपाईंको लागि उपयुक्त रहँदैन। यस अवधिमा पारिवारिक कलहको सामना गर्नु पर्नेछ। मानसिक अशान्ति रहन सक्छ। दाम्पत्य जीवनमा पनि मनमुटाव हुनसक्छ। विवाह सम्बन्धि मामलामा केहि ढिलाइ हुन सक्छ। विवादित मामला आपसमा सुल्झाउनु नै राम्रो हुन्छ।

मीन राशि 

मंगलको यो गोचरले तपाईलाई धेरै समस्याहरू निम्त्याउन सक्छ। परिवारमा कुनै पनि कुरालाई लिएर वाद-विवाद हुनसक्छ। यस अवधिमा झै-झगडाबाट टाढा बस्नु राम्रो हुन्छ। कानुनी मामलामा नपर्नुहोला। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७१९:३८

सपनामा यी ३ जनावर देख्नु मानिन्छ शुभ !