अबको केहि दिन हुस्सु तथा तुवाँलो लाग्ने !

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।

पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अबका केही दिन देशका अधिकांश भूभागमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने र मध्याह्नदेखि घाम लाग्ने बताइएको छ । हाल गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।

राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री सेल्सियस छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ? हेर्नुहोस् 

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ८ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ९ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पौष १० गते (शुक्रबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : बुधबार, पुष ०८, २०७७११:४३

ओलीले सातै प्रदेशका लागि तोके कमाण्डर ! कुन प्रदेशमा को ? [नामावली सहित]