जस्तो सुकै दादको समस्याबाट पनि केहि दिन मै छुटकारा दिन्छ यो घरेलु उपायले, जानिराख्नुस् !

शरीरको विभिन्न भागमा आउने दाद एक गम्भीर समस्या हो। बच्चा देखि बुध सबै उमेरका मानिसमा देखा पर्ने सक्ने यो समस्या हटाउन विभिन्न उपचार गरेपनि यो समस्या पटक-पटक बल्झिने हुनसक्छ।

तर के तपाईंलाई थाहा छ यस्तो ढिट दादको समस्याबाट छुटकारा एक सामान्य घरेलु उपायबाट पाउन सकिन्छ। घरमा सजिलै तयार गर्न सकिने करेलाको पेस्ट प्रयोग गरेर छिटो भन्दा छिटो समयमा दादको समस्याबाट छुटकारा मिल्नेछ।

सामग्री 

एउटा करेला

एक चम्चा नरिवलको तेल

कपुर

तयार गर्ने तरिका 

एउटा करेला लिनुहोस् र यसलाई साना-साना टुक्रा पारेर काट्नुहोस् र यसको पेस्ट तयार गर्नुहोस्। अब एउटा भाँडोमा एक चम्चा नरिवलको तेल र कपुरको पाउडर राम्रोसँग मिक्स गर्नुहोस्। उक्त मिश्रणमा एक चम्चा करेलाको पेस्ट मिलाउनुहोस्। अब यसलाई राम्रोसँग मिक्स गर्नुहोस्।

प्रयोग गर्ने तरिका 

राति सुत्नु अघि दाद भएको भागमा तयार भयेको पेस्ट लागू गर्नुहोस् र रातभरी यसलाई यत्तिकै छोडेर सुत्नुहोस्। बिहान उठेपछि बेलुका पेस्ट लगाएको ठाउँ सफा पानीले राम्रोसँग धुनुहोस्। दैनिक रूपमा यसो गर्नाले केहि दिनमा नै दादको समस्याबाट छुटकारा पाउन सकिन्छ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१०:३१

शरीरमा यस्ता ८ लक्षण देखिए गर्न हुन्न बेवास्ता, हुन् सक्छ डायबिटीजको खतरा