काठमाडौँ : मधुमेह(डायबिटिज) अहिले एक आम बिमारी भएको छ। अलि कति लापरवाहीको कारण मानिस सजिलै यसको चपेटमा पर्छन्। धेरैजसोलाई लाग्छ कि डायबिटिज एक उमेरपछि हुन्छ जबकि यस्तो हुँदैन। हामीमध्ये धेरैलाई डायबिटिज हुन् सक्छ तर खास ध्यान नदिँदा यो समयमै थाहा हुन्न र जसको परिणाम गम्भीर हुन् सक्छ। पुरुषमा यसको लक्षण केही खास हुन्छन्।
इरेक्टाइल डिस्फंक्सन – ब्लड सुगर बढ्दै जाँदा स्नायुप्रणाली र धमनीमा हानि हुन्छ। जसको कारण पुरुषमा इरेक्टाइल डिस्फंक्सन हुन् थाल्छ। जर्नल अफ इन्टरनेशनल मेडिकल रिसर्चको एक स्टडी ८९ प्रतिशत पुरुष मेटाबोलिक सिन्ड्रोमको कारण इरेक्टाइल डिस्फंक्सनको अनुभव गर्छन्। यो डायबिटिजको सबैभन्दा सुरुवाती सङ्केत हो। यदि तपाईमा पनि यस्तै कुनै समस्या छ भने आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोला।
बारम्बार पिसाब लाग्नु – बारम्बार पिसाब आउनु पनि डायबिटिजको एक सङ्केत हो। दिनभर कम से कम ९ मेडिकल कन्डिसनको कारण मानिसहरुलाई बाथरूम जानुपर्ने हुन्छ। सामान्यतया: मानिसहरु यसमा ध्यान दिँदैनन् तर यदि राति हरेक २ घण्टामा बाथरूम जानुपर्यो भने तपाईले आफ्नो स्वास्थ्य बारे चिन्ता लिनुपर्ने बेला आएको छ भनेर बुझे हुन्छ। जनस्वास्थ्य विज्ञका अनुसार पुरुषमा प्रोस्टेट बढेको कारण यस्तो समस्या आउँछ।
यिस्ट इन्फेक्सन – यिस्ट इन्फेक्सनको कारणले पनि पुरुषलाई डायबिटिज हुन् सक्छ। ब्लड सुगर बढेर जाँदा यिस्ट इन्फेक्सन हुन्छ। जनस्वास्थ्य विज्ञका अनुसार पुरुषमा हुने यिस्ट इन्फेक्सनको असर तिनको लिङ्गमा पर्छ। यसको उपचार सहजै गर्न सकिन्छ।
थकान – सामान्यतया: राति बारम्बार बाथरूम गईरहनुपर्दा राम्ररी सुत्न पाईदैन र जसको फलस्वरूप थकान महसुस हुन्छ। हेल्थ एक्सपर्टका अनुसार ब्लड सुगर बढ्दा शरीरमा अत्यन्तै थकान महसुस हुन्छ। धेरैजसो बिरामीहरुमा डायबिटिज देखिनु अगाडी पहिलेदेखि नै थकानको लक्षण देखिन थाल्छ। यदि तपाई पनि प्राय: थकित महसुस गर्नुहुन्छ भने आफ्नो ब्लड सुगर टेस्ट गराउनुहोला।
वजन बढ्नु – उमेर बढ्दै जाँदा वजन बढ्नु सामान्य कुरा हो तैपनि तपाईले यसमा ध्यान जरुर दिनुपर्नेछ। २०१६ मा भएको एक रिसर्च अनुसार डायबिटिज भएको महिलाको तुलनामा पुरुषको वजन कम बढ्छ। यसकारण यदि तपाईलाई आफ्नो वजन बढिरहेको जस्तो लागेको छ भने यो डायबिटिजको एक लक्षण हुन् सक्छ। यसबाहेक खराब खानपानको कारण पनि वजन बढ्न सक्छ जसले डायबिटिजको खतरा झन् बढाउँछ।
एक्सरसाइजको समयमा छातीमा दुख्नु – प्रि-डायबिटिजमा थुप्रै किसिमका मेताबोलिक समस्या हुन्छन्, त्यसमध्ये एक हो हाईब्लड प्रेसर। यसको कारण छाती दुख्ने र इस्केमियाको खतरा बढ्न सक्छ। एक्सरसाइज गर्दा अत्यधिक गह्रुङ्गो सामानहरु नउठाउनुहोला। यदि तपाईको छातीमा प्राय: दर्द भईरहन्छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोला।
प्रिम्याचोर इजेकुलेशन – प्रिम्याचोर इजेकुलेशन यानी शिघ्रपतन हुनु पनि पुरुषमा डायबिटिज देखिनु एक प्रमुख लक्षण हो। प्रिम्याचोर इजेकुलेशन या इरेक्टाइल डिस्फंक्सन जस्ता समस्या मेताबोलिक सिन्ड्रोमको कारण हुन्छ जसले टाइप २ डायबिटिजको खतरा बढाउँछ। युरोपियन युरोलोजीको अनुसन्धानको अनुसार २३ प्रतिशत पुरुषमा प्रिम्याचोर इजेकुलेशन हुन्छ जबकि जम्मा ५ प्रतिशत पुरुषले मात्र डिलेड इजेकुलेशनको अनुभव गर्छन्।
फ्यामिली मेडिकल हिस्ट्री – यदि तपाईको घरपरिवारमा कसैलाई डायबिटिज छ भने तपाईमा डायबिटिज हुने सम्भावना बढी हुन्छ। २०१३ मा ८ हजार जनामा गरिएको डायबिटोलोजी स्टडीमा डायबिटीजका २६ प्रतिशत बिरामी यस्ता थिए जसका परिवारमा टाइप २ डायबिटिजको हिस्ट्री थियो। यदि तपाईको परिवारमा पनि यो रोग आनुवंशिक रूपले देखिँदै आएको छ भने बेला-बेलामा आफ्नो ब्लड सुगर चेक गराईराख्नुहोला।