नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहने भएका छन्।
प्रतिनिधि सभा विघटनको चार दिनसम्म चुपचाप बसेका बादलले अन्तत: ओली पक्षतिर लागेका हुन्। प्रचण्ड-नेपाल पक्षले पनि बादल ओली पक्षतिर लागेको बताएका हुन्।
बुधबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओलीसँगको छलफलमा उहाँले ओली पक्षलाई साथ् दिने निर्णय दिएको बादल निकाल एक सदस्यले जानकारी दिए।
मंगलबार र बुधबारको लामो छलफलपछि ओली पक्षमा सामेल हुने निर्णय गरेका बादललाई प्रचण्डले पनि साथ दिन आग्रह गरेका थिए। यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक मन्त्रीक्वार्टर पुल्चोक पुगेर बादलसँग भेटवार्ता गरेका थिए।