चालक अनुमतिपत्रको ट्रायल खोल्ने तयारी, कहिलेबाट ?

कोरोना भाइरस महामारीको कारण बन्द भएको चालक अनुमतिपत्र (ट्रायल) खुल्ने भएको छ। पुषको अन्तिमसम्म ट्रायल खुला गर्ने यातायात व्यवस्था विभागले तयारी गरेको हो।

प्रदेश सरकारले विभागलाई ट्रायल खोल्नको लागि लगातार दबाब दिएपनि अझै तीन महिना खुला नगर्ने यातायात विभागले बताएको थियो। तर अब भने खुल्ने संकेत देखिएको छ। कोरोना महामारीको कारण ११ चैत्रबाट सवारी चालक अनुमतिपत्रको परिक्षा रोकिएको थियो।

विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन दुबैको चालक अनुमतिपत्र परिक्षा लिने तयारी गरिरहेको बताइएको छ। सातवटै प्रदेशमा लिखित र मौखिक परीक्षा खुला गरेपनि अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गरिने जनाइएको छ। दैनिक परीक्षाको कोटा भने यातायात कार्यालयले नै तोक्नेछ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१२:४२

बहुमत हाम्रै छ, अधिकारिकताको लागि सर्वोच्च अदालत जान्छौं: नेपाल-प्रचण्ड पक्ष