बहुमत हाम्रै छ, अधिकारिकताको लागि सर्वोच्च अदालत जान्छौं: नेपाल-प्रचण्ड पक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूह शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए। आफ्नो बहुमत अधिकार सिद्ध गर्नको लागि भोलि १० बजे केन्द्रीय सदस्य र निवर्तमान सांसदहरु सर्वोच्च अदालत जाने उनले बताए।

त्यसपछि, भोलि नै १२ बजे केन्द्रीय सदस्यहरु अधिकारिकताका लागि निर्वाचन आयोग पनि जाने भएका छन्। प्रचण्ड-नेपाल पक्षले भोलिबाट संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ।

प्रचण्ड–नेपाल खेमा नेकपाको केन्द्रीय समिति बैठक अहिले बबरमहलमा सुरु भएको छ ।

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१४:१७

सिद्धान्तको कुरा गरेर मात्र हुँदैन, कार्यान्वयन पनि गर्नु पर्छ नि प्रधानमन्त्री ज्यू: माधव नेपाल