सिद्धान्तको कुरा गरेर मात्र हुँदैन, कार्यान्वयन पनि गर्नु पर्छ नि प्रधानमन्त्री ज्यू: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले बोलेको कुरा व्यवहारमा गरेर देखाउन नसकेको आरोप लगाएका छन्।

बबरमहलमा जारी प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेपालले ओलीले सिद्धान्तको कुरा त गर्ने तर कार्यान्वयन गर्न नसक्ने बताए। उनले अब आफूहरुले नीति र विधिको शासनमा जोड दिने कुरा व्यक्त गरे।

अब पार्टीको विवादबाट माथि उठेर जनतालाई काम गरेर देखाउनु पर्ने समय आएको अध्यक्ष नेपालको भनाई छ। त्यस्तै, नेपालले बैठकमा ओलीका पक्षमा रहेका नेताहरुलाई आफ्नो पक्षको साथमा देखा परेकोमा खुसी समेत व्यक्त गरे। ‘आजको बैठकमा मैले नयाँ साथीहरु देखिरहेको छु। ओलीको गुटमा जानुभएकहरु आज हाम्रो पक्षमा आउनु भएको छ। खुसी लागिरहेको छ।’

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१४:५०

संसद विघटनविरुद्ध कांग्रेसले १३ गते देशैभर आन्दोलन गर्ने