संसद विघटनविरुद्ध कांग्रेसले १३ गते देशैभर आन्दोलन गर्ने

नेपाली कांग्रेसलले संसद विघटनविरुद्ध देशभर आन्दोलन गर्ने भएको छ। पुष १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने कांग्रेसले निर्णय गरेको हो।

पार्टी कार्यलय सानेपामा बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए। प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै कांग्रेसले यहि पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले संसद विघटन गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो बैठक शुरु गरिएको हो ।

बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६ जना छन् ।

केन्द्रीय कमिटीको यही पुस ७ गते बसेको बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनु भएको उनले बताए। यस्तै नेकपा दाहाल– नेपाल समूहको बैठक पनि बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने जनाइएको छ ।

 

 

प्रकाशित : बिहिबार, पुष ०९, २०७७१५:२०

संसद विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि हो